एसियाली खेलकुद अन्तर्गत कबड्डीमा नेपाललाई कास्य पदक

हान्झाउ । चीनमा जारी १९ औं एसियाली खेलकुद अन्तर्गत महिला कबड्डीको सेमिफाइनलमा नेपाल शुक्रबार भारतसँग ६१-१७ ले पराजित भएको छ ।

सेमिफाइनलमा पराजित भएपछि नेपालले कास्य पदक पक्का गरेको छ । कबड्डीमा सेमिफाइनलमा पराजित हुने दुवै टिमले कास्य पदक पाउने प्रावधान छ ।

यसअघि समूह चरणको पहिलो खेलमै बंगलादेशलाई हराएको नेपाल इरानसँग हारेपछि समूह ‘बी’ को उपविजेता बन्दै सेमिफाइनल पुगेको थियो ।

Previous articleबझाङमा तीन सयबढी परकम्प
Next articleबसपार्कमा यात्रु सहायता कक्ष स्थापना

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here