बाँकेमा चोरीका घट्ना बढ्यो, कम्दीका दुई स्थानमा चोरी

नेपालगञ्ज । पछिल्लो समय बाँकेमा चोरीका घट्ना बढेका छन् । चाडपर्व नजिकिएसंगै चोरीका घट्ना बढ्न थालेको छ । बाँकेको कम्दीमा दुई दिनमा दुई स्थानमा चोरी भएको छ । डुडुवा गाउँपालिका वडा नं-४ र ५ मा दुई दिनमा दुई स्थानमा चोरी भएको हो ।

गत मंगलबार राती डुडुवा वडा न-५ को बालापुरका लालु यादव र बाबुराम यादवको घरमा चोरी भएको छ । बिहेमा पाएको भाडाँकुडा, पित्तलका भाँडा, चाँदीका घरगहना र केही कागतपत्र यादवको घरबाट चोरी भएको हो ।

छ महिना अघि छोराको बिहेमा पाएको बहुमुल्य सामानहरु चोरी भएको छ । घरमा आवश्यक सामान निकाल्ने क्रममा घरमा चोरी भएको यादव परिवारले थाहा पाएको थियो ।

यस्तै डुडुवा वडा नं-४ राप्तीपुलको पुर्वमा रहेको सोलारबत्तीको पाईपसहित र नजिकै रहेको मन्दिरमा रहेको सामानहरु चोरी भएको स्थानीयले बताएका छन् । यसै क्रममा पुलको पश्चिमतर्फ रहेको सडक बत्ती (सोलार) चोरी गर्ने क्रममा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय कम्दीका प्रहरी बरिष्ठ नायब निरीक्षक टेक बहादुर शाहका अनुसार पुलको पश्चिमा रहेको सडक बत्ती (सोलार) को व्याट्री पहिल्यै चोरी भइसकेको र बुधबार राती सोही सडक बत्तीको पोलमा चोरी गर्ने क्रममा राप्तीसोनारी गाउँपालिका वडा नं-९ ढलैयाका सुनिल थारुलाई पक्राउ गरिएको हो ।

पक्राउ परेका थारुलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय बाँके पठाइएको कम्दी चौकीले जनाएको छ । पछिल्लो समय प्रहरी चौकी भएको गाउँमा नै चोरी भइरहेका छन् । प्रहरीले वेवास्ता गर्दा श्रृंखलाबद्ध चोरीको घट्ना बढेको स्थानीयको भनाई छ ।

केही दिन अघि बाँकेको खजुरा क्षेत्रमा पनि श्रृंखलाबद्ध चोरी भएको थियो । उक्त घट्नामा प्रहरीले यही असोज २१ गते आइतबार घट्नामा संलग्न एक जनालाई पक्राउ गरेको छ ।

Previous articleआन्दोलनरत कर्मचारीसँग छलफल गर्न वार्ता टोली गठन
Next articleसम्भावित जोखिम न्युनिकरणका लागि एक दिने अभिमुखिकरण

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here