रुढीवादी संस्कारलाई रोक्न अगुवाहरुको अहम् भुमिका

ठाकुरद्धारा । सामाजिक अगुवाहरुका लागि यौन तथा प्रजनन् स्वास्थ्य सम्बन्धि २ दिने तालिम बर्दियाको ठाकुद्धारामा सम्पन्न भएको छ । बलविवाह न्युनिकरण सुनिश्चित गराउन यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धि सचेतना जगाउने उदेश्यका साथ दुई दिने तालिमका् आयोजना गरिएको हो ।

समाजमा रहेका परम्परागत हानिकारक अभ्यासले समाजमा बिभिन्न किसिमका कुसंस्कारलाई बढावा दिरहेको अवस्थामा तालिममा यसको असरका बारेमा छलफल गर्ने र यसमा कमी कसरी ल्याउन सकिने छ भनि छलफल भएको छ ।

समाजमा रहेको रुढिबादी कुसंस्कारलाई रोक्न सामाजिक अगुवाहरुको अहम भुमिका रहेको हँुदा तालिमले सामाजिक अगुवाहरुमा सकारात्मक परिवर्तन ल्याउने अपेक्षा समेत लिइएको छ ।

नेपाल सरकारको बालविवाहको तथ्याँक र बालिकाहरुमा परेको असरबारे अनुसन्धान प्रतिबेदन २०२१ अनुसार २० देखि २४ वर्ष उमेर समुहका ५.२ प्रतिशत विवाहित ब्यक्ति १५ वर्ष मुनिका छन । पछिल्लो अवस्थामा ९.५ प्रतिशतपुरुष र ७.९ प्रतिशत महिलाहरुले बालविवहा गरेको पाइएको छ भने २२.७ प्रतिशत १८ वर्ष भन्दा कम उमेर समुहका बालबालिकाहरुले विवाह गरेको तथ्यांक छ ।

सन २०२१ को प्रतिबेदनको तथ्यांक अनुसार लुम्बिनी प्रदेशमा ७ सय ३८ बालविवाहका घटना रहेको छ । यसमा ९ प्रतिशत पुरुष र ३२.८ प्रतिशत महिला रहेको तथ्यांकमा उल्लेख गरिएको छ । बालविवाह, छिटो हुने विवाह, जबरजस्ती गरिने विवाह र कम उमेरमै गरिने भागी विवाहका कारण अधिकाशं बालबालिकाको प्रत्यक्ष रुपमा शिक्षामा असर परेको छ । बालविवाहका कारणले बिद्यालय छोड्ने जोखिम रहेको हुन्छ भन्ने कुरामा चर्चा तालिममा गरिएको थियो ।

प्रतिबेदनकाअनुसार ८ देखि ११ कक्षामा रहेका किशोरहरुले बिद्यालय छोडेका छन जसमध्ये १३ प्रतिशत को बालविवाह हुने अनुमान गरिएको छ भने ८ देखि ११ कक्षा पढिरहेका १२ प्रतिशत किशोरी बिद्यार्थीहरुले बिद्यालय छोडेका छन । त्यसमा पनि १५ प्रतिशत किशोरी बिद्यार्थीहरुको बालविवाह हुन सक्ने अनुमान गरिएको छ तथ्याकंले देखाएको छ ।

दुइदिन संचालन भएको तालिममा स्थानिय समुदायका पण्डित, पास्टर, गुरुवाहरु, बडघर तथा किशोरकिशोरीको सहभागिता रहेको छ । गांउ समुदायमा जिम्मेवार यि व्यक्तीहरुलाई यौन तथा प्रजनन शिक्षाको विषयमा सुुसुचित गराएमा समाजमा रहेका हानिकारक अभ्यास जस्तै बाल विवाह तथा यौन प्रजननका विषयमा जागरुक गराउन सकिने भएकाले विशेष गरि उहाँहरुका लागि तालिम संचालन गरिएको भेरी वातावरणीय विशिष्टता समुहका प्राविधिक संयोजक रामरुप कौशलले बताउनुभयो ।

भेरी वातावरणिय बिशिष्टता समुह तथा प्लान इन्टरनेशनल नेपालको साझेदारीमा संचालित बालविवाह न्युनिकरण परियोजना बर्दियाको ठाकुरबाबा, बारबर्दिया, मधुवन नगरपालिका र गेरुवा गाँउपालिकामा संचालित छ । परियोजनाले बालविवाह न्युनिकरण अभियानमा मदत पुर्याएको कुरा सहभागिहरुले बताएका छन । तालिमको सहजीकरण प्रकाश उपाध्ययले गर्नु भएको थियो ।

Previous articleएसिसी यू-१९ प्रिमियर कपमा नेपाल सेमिफाइनलमा प्रवेश
Next articleनवरात्रको छैटौं दिन, कात्यायनी देवीको पूजा आराधना गरेर मनाइँदै

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here