नेपालगञ्ज शहरमा साईकल लेन आवश्यक

नेपालगञ्ज । प्रदुषण मुक्त शहर हाम्रो रहर भन्ने मुल नाराका साथ नेपालगन्ज साईकल प्रालि र इभि नेपालले विजया दशमी, तिहार तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेको छ ।

सो कार्यक्रमका प्रमुख अतिथि नेपालगञ्ज उद्योग वाणिज्य सघका वरिष्ठ उपाध्यक्ष चिरञ्जवी ओलीले स्वास्थ्य तथा पर्यावरणका लागि साईकलको प्रयोग धेरै उत्तम भएको बताउनुभयो ।साथै नेपालगञ्ज शहरमा अव साईकल लेनको आवश्यकता रहेकोले स्थानीय, प्रदेश र संघीय सरकारसँग समन्वय र सहकार्य गर्नुपर्नेमा जोड दिनुभयो ।

यस्तै संघका महासचिव भिम रानाभाट, पुर्व अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठ, सदस्य टोप बहादुर थापा, पुर्व वडा अध्यक्ष सुनिलसिह हमाल, इभि नेपालका सुरज आले, नेपालगञ्ज साईकल प्रालिका गगन थापा, समाजसेवी विकास काउचा मगर र दिनेश थापा, हरित अभियान्ता हेमन्तराज काफले र पत्रकार भिष्म लोधले आ-आफ्नो विचारका साथै शुभकामना आदानप्रदान गर्नु भएको थियो ।

हालसम्म ईभि नेपाल कम्पनीले पैदल वाला साईकललाई कन्भर्ट गरि इलेक्ट्रोनिक साइकल बनाई नेपालगञ्जमा विक्री वितरण गर्दै आएको छ । कम्पनीले हाल दुई नयाँ मोडलको इलेक्ट्रीक साइकल विक्री शुरु गरेको बताएको छ । सो अवसरमा उपस्थित अतिथिलाई मायाको चिनो समेत प्रदान गरिएको थियो ।

Previous articleद्वन्द्व पिडितहरुलाई न्याय दिन सरकार गम्भीर बन्नुपर्ने
Next articleहाम्रा संस्कृति र सभ्यताको संरक्षण गर्नु सबैको कर्तब्य : नरैनापुरका अध्यक्ष शाह

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here