बाँकेमा अख्तियारकाे कर्मचारी भन्दै ठग्ने एक जना पक्राउ

नेपालगन्ज । आफुलाई अख्तियार दुरुपयोग अनुसन्धान आयाेगकाे कर्मचारी भन्दै सेवा सुबिधा माग्ने एक जनालाई प्रहरीले पक्राउ गरेकाे छ ।

आयोगको कर्मचारी भनेर सुविधा लिने गरेको सूचना अनुसार नेपालगन्ज वडा न-२० का माेहन काेईरालालाई पक्राउ गरिएकाे बाँके प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक नारायण डाँगीका अनुसार केही समयदेखि ति व्यक्तिले जिल्लाका विभिन्न सरकारी कार्यालय तथा संघ संस्थाहरुमा आफुलाई अख्तियारको कर्मचारी भनेर सुविधा लिने गरेको भन्ने सूचना मिलेकाे थियाे ।

त्यसपछि आयोगको कार्यालय वुटवल, सम्पर्क कार्यालय नेपालगन्ज तथा जिल्लाबाट खटिएको प्रहरी टोलीले सो व्यक्तिको निगरानी गर्ने क्रममा चितवनकाे भरतपुर महानगरपालिका वडा नं-१२ घर भई हाल नेपालगंज उपमहानगरपालिका वडा नं-२० राँझामा डेरामा वस्ने ३७ वर्षीय कोईरालाले पक्राउ गरिएको हाे ।

काेईरालालाई सोधपुछ गर्ने क्रममा आयोग तथा प्रहरी कर्मचारीलाई गाली गलौज गरि काम कारबाहीमा अवरोध गरेपछि नियन्त्रणमा लिई अनुसन्धान भईरहेकाे प्रवक्ता डाँगीले जानकारी दिनुभयाे ।

साथै जिल्ला प्रहरी कार्यालय बाँकेले कोईरालाबाट कोही कसै ठगिनुभएका वा कोही कसैलाई भ्रममा पारी झुट्टा आश्वासन दिई लाभ लिएको भएमा प्रहरी कार्यालयमा उजुरी दिन समेत अनुरोध गरेेकाेे छ ।

Previous articleकाेहलपुरका डिएसपी तिवारीमाथि चक्कु प्रहार
Next articleबालमैत्री व्यवस्था कार्यन्वयनबारे बाँके, बर्दियाका स्थानीय तहसँग सूचना माग

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here