मोटरसाईकल दुर्घटना हुँदा नेपालगञ्जका एक युवाको मृत्यु

नेपालगञ्ज । बाँकेको कोहलपुरमा मोटरसाईकल दुर्घटना हुँदा नेपालगञ्जका एक युवाको मृत्यु भएको छ । शुक्रबार अपरान्ह इलाका प्रहरी कार्यालय कोहलपुर अगाडी भएको दुर्घटनमा नेपालगञ्जका वडा नं ११ का २३ वर्षीय अमृत गुप्ताको मृत्यु भएको हो ।

४ बजेको समयमा नेपालगञ्जबाट सुर्खेततर्फ जाँदै गरेको भे ५ प ५०५ नम्बरको मोटरसाइकल र कोहलपुरबाट नेपालगञ्जतर्फ आउँदै गरेको भे २ त २४३ नम्बरको ट्याक्टर कोहलपुर ११ स्थित बजारमा ठोक्किँदा एक जना घाइते भएका छन् ।

दुर्घटनामा घाइते दुवैलाई उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा पठाईएको थियो । पुर्याएलगत्तै गुप्ताको मृत्यु भएको अस्पतालले पुष्टि गरेको थियो । मोटरसाइल तिब्र गतिमा रहेको र दुवै जनाले मादक पदार्थ सेवन गरेको कारण दुर्घटना भएको प्रहरीले जनाएको छ ।

Previous articleबालमैत्री व्यवस्था कार्यन्वयनबारे बाँके, बर्दियाका स्थानीय तहसँग सूचना माग
Next articleराप्ती सोनारीमा बृहत रक्तादन, ९६ जना सहभागि

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here