राप्ती सोनारीमा बृहत रक्तादन, ९६ जना सहभागि

नेपालगञ्ज । बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नं-६ मा आयोजना गरिएको कार्यक्रममा ९६ जनाले रक्तादान गरेका छन् । राप्तीसोनारी वडा नं-६ वडा कार्यालयको आर्थिक सहयोगमा नेपाल स्वयंसेवी रक्तदाता समाज राप्ती सोनारीको आयोजनामा “रक्तदान जीवनदान” भन्ने उद्देश्यका साथ शुक्रबार भएको कार्यक्रममा समाजका केन्द्रीय अध्यक्षसहित ९६ जनाले रक्तादान गरेका हुन ।

वडा कार्यालयमा आयोजित वृहत रक्तदान कार्यक्रममा नेपाल स्वयंसेवी रक्तदाता समाज राप्ती सोनारी अध्यक्ष दिव्या गुरुङ्गको अध्यक्षतामा भएको सो कार्यक्रममा राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष तप्त पौडेल, नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष प्रेम सागर कर्माचार्यले प्रादेशिक रक्त संचार सेवा केन्द्र नेपालगञ्जका प्राविधिक होमराज गिरीलाई र महेश राना क्षेत्रीलाई रगत संकलन गर्ने पाकेट हस्तान्तरण गरी कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा समाजका केन्द्रीय अध्यक्ष कर्माचार्यले १ सय ७६ औं पटक, केन्द्रीय सदस्य प्रवास शाक्यले ८० औं पटक र बाँके जिल्ला अध्यक्ष दिला शाहले २६ औं पटक रक्तदान गर्नुभएको छ । कार्यक्रममार्फत कृष्ण प्रसाद खत्री, सन्तोष थारु, मनोज हरिजन, अरुण कुमार यादव, राम प्रताप मौर्य, राम शंकर थारु, नेपाल स्वयंसेवी रक्तदाता समाज राप्ती सोनारीका अध्यक्ष गुरुङ्ग, समाजका सचिव सुकराम थारु, हरि प्रसाद थारु, निम बहादुर बुढाथोकी, गिर बहादुर जिएम, प्रेम बहादुर थारु, मनोज कुमार मौर्य, राम प्रसाद थारु, गणेश बहादुर मगर, चन्द्रबीर चौधरी, राम कुमार थारु, जग बहादुर चौधरी, महेश थापा, लोक बहादुर घर्ती, गोपीलाल थारु, विनोद थारु, नारायण गुरुङ्ग, हिकमत पुन, शिव बहादुर राना, रितेष रावल, दिनेश कुमार थारु, राज कुमार पुन, गहेन्द्र थारु, टेक बहादुर घर्ती, अर्जुन थार, सीताराम थारु, प्रकाश शर्मा, कृष्ण कुमार पुन, बिष्णु पुन, सितल थारु, दिनेश थारु, श्रवण सिंह, राजु परियार, मान बहादुर बिक, आकाश परियार, उमेश पुनमगर, सूर्य बहादुर, प्रदीप परियार, डम्बर बिष्ट, सुमन रानामगर, प्रमिला चलाउने, युवराज ऐरी, लोक बहादुर पुनमगर, किशोर थापा, सुरज रेउले, बिशाल थारु, रबिन्द्र थारु, प्रेम बहादुर थारु, बीर बहादुर थारु, पे्रम कुमार चौधरी, भवानी तामाङ्ग, बिनायक राज खनाल, अर्जुमान थारु, सरपुन बुढामगर, गणेश थारु, सुस्मिता थारु, अनिल घर्तीमगर, कृष्ण बहादुर ओली, बिक्रम सुनार, सन्तोष थारु, प्रतिमा खरेल, मुकुन्द पाण्डे, सन्तोष थारु, देवीराम घर्ती, प्रेम बहादुर थापा, दीपक थापा, सुरेश थारु, रघु बुढामगर, मनिष तामाङ्ग, अविशेष ओली, नारायण सिंह राजबंशी, अर्जुन पुन, जिम्बु राना, पूरन रोका, हरि प्रसाद थारु, राम बहादुर थारु, लक्ष्मी थारु, मदन सिंह थारु लगायत ९६ जनाले रक्तदान गर्नुभएको छ ।कार्यक्रममा राप्ती सोनारी गाउँपालिका अध्यक्ष पौडेलले गाउँपालिकाको तर्फबाट रक्तदान कार्यक्रमका लागि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । समाजका केन्द्रीय अध्यक्ष कर्माचार्यले भन्नुभयो, ‘हरेक स्वथ्य व्यक्तिले ३/३ महिनामा रक्तदान गर्न सक्छ म १ सय ७६ पटक रक्तदान गर्दैछु आजसम्म सिटामोल पनि खाएको छैन, राप्ती सोनारीले वर्षमा कमसे कम २–३ पटक रक्तदान गर्नमा सहयोग गर्नु पर्छ ।’ यस्तै समाज बाँकेका सल्लाहकार पूर्णलाल चुके, राप्ती सोनारी गाउँपालिका वडा नं-६ का वडाध्यक्ष लवराज खरेलले वडा कार्यायलले रक्तदान कार्यक्रममा सहयोग गरी रहेको र अझ सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । कार्यक्रममा गाउँपालिका अध्यक्ष पौडेलले समाजका केन्द्रीय अध्यक्ष कर्माचार्यलाई दोसल्ला ओढाएर स्वागत गर्नुभएको थियो ।

समाजका केन्द्रीय सदस्य गोबिन्द वाग्ले, बाँकेका सल्लाहकार पूर्णलाल चुके, सल्लाहकार तथा समाजसेवी माधवराम वर्मा, सल्लाहकार तथा वरिष्ठ रक्तदाता पवन जायसवाल, समाजका जिल्ला सचिव भिष्म लोध, समाज राप्ती सोनारीका उपाध्यक्ष अमृता केसी, कोषाध्यक्ष सुशीला थारु लगायत समाजका पदाधिकारी, स्थानीय स्वयंसेवी रक्तदाताहरुको सहभागिता रहेको थियो । सचिव सुकराम थारुले संचालन गर्नुभएको कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी बाँके शाखाद्वारा सञ्चालित रक्त संचार सेवा केन्द्रका गिरी, राना क्षेत्री, सुनिल रत्गैया, पुनम राना, सञ्जय बढही, बीरेन्द्र योगीले प्राविधिकरुपमा सहयोग गर्नुभएको थियो ।

Previous articleमोटरसाईकल दुर्घटना हुँदा नेपालगञ्जका एक युवाको मृत्यु
Next article१७६ पटक रक्तदान गर्ने रक्त सम्राट कर्माचार्यलाई बाँकेमा सम्मान

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here