
नेपालगन्ज । भरुवा बन्दुक देखाएर घरपरिवार र छिमेकीलाई डरत्रास देखाउने एकजनालाई बाँके प्रहरीले पक्राउ गरेको छ ।
बाँके डुडुवा गाउँपालिका पडा नं-६ सिखनपुर्वाका २५ वर्षीय राहुलसिंह सरदारलाई प्रहरीले भरुवा बन्दुकसहित पक्राउ गरेको हो ।
सरदारले मादक पदार्थ सेवन गरि आफ्नै घरमा भरुवा बन्दुक देखाई घरपरिवार तथा छरछिमेकीलाई डरत्रास तथा धम्की दिई रहेको भन्ने सूचनाका आधारमा घटनास्थल पुगेको प्रहरी टोलीले सरदारलाई पक्राउ गरेको बाँके प्रहरी प्रवक्ता डीएसपी नारायण डाँगीले बताउनुभयाे ।
पक्राउ परेका सरदारबाट एकथान भरुवा बन्दुक बरामद गरि आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।





