विद्युत कार्य प्रणाली सुधारका लागि प्राधिकरण सक्रिय

नेपालगन्ज । नेपाल विद्युत प्राधिकरण लुम्बिनी प्रदेश डिभिजन कार्यालय नेपालगन्जका प्रमुख हरिप्रसाद पाण्डे मातहतका वितरण केन्द्रहरुको कार्य प्रणालीमा सुधारका लागि सक्रिय हुनु भएको छ ।

मातहतका वितरण केन्द्रमा पुगि डिभिजन प्रमुख पाण्डेले आफैं विभिन्न फाँटहरुमा त्यहाकाे कार्य प्रणाली बारे बुझ्न शुरू गर्नुभएको छ ।

यसै क्रममा प्रमुख पाण्डे आइतबार अपराह्न नेपालगन्ज वितरण केन्द्रमा पुगि विभिन्न फाँटहरुबाट प्रवाह हुने मिटर वितरण लगायतका सेवाहरुको कार्य प्रणाली बुझ्दै आवश्यक सुधारका लागि निर्देशन पनि दिनुभएकाे छ ।

वितरण केन्द्रले अपनाउँदै आएको कार्य प्रक्रिया सेवाग्राहीमुखि र छिटोछरितो हुनुपर्नेमा उहाँले जोड दिनुभयो । `कागजी प्रक्रिया झन्झटिलो देखियो, नियम नमिचिने गरी यसलाई सहज बनाउनुपर्छ’,- डिभिजन प्रमुख पाण्डेको स्पष्ट निर्देशन दिनुभएको छ ।

साँझ अबेरसम्म वितरण केन्द्रमै बसेर विभिन्न फाँटगत प्रक्रिया आवश्यक सुधारका लागि बुदाँगत निर्देशन समेत दिनुभएको छ । सो क्रममा डिभिजन कार्यालयका प्रशासन प्रमुख दुर्गा खत्री पनि संगै रहनुभएकाे थियाे ।

Previous articleभरूवा बन्दुक देखाएर डरत्रास दिने एक जना पक्राउ
Next articleविद्युत बितरण केन्द्रकाे बक्यौता असुल अभियान : एकै दिन आठ लाख रूपैयाँ संकलन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here