विद्युत बितरण केन्द्रकाे बक्यौता असुल अभियान : एकै दिन आठ लाख रूपैयाँ संकलन

नेपालगन्ज । नेपाल विद्युत प्राधिकरण नेपालगन्ज वितरण केन्द्रले विद्युत महसुल बक्यौता रहेका ग्राहकहरुबाट ८ लाख ७८ हजार २ सय ९२ रुपैया संकलन गरेको छ ।

११ लाख ८७ हजार ४ सय ६० रुपैयाँ बक्यौता रहेका १ सय ६३ जनाको लाइन अभियानकै रुपमा विच्छेद गर्दा २१ जनाले आइतबार बक्यौता रकम बुझाउँदा साे बराबरकाे रकम एकै दिनमा उठेकाे हाे ।

रकम संकलन गरी रकम तिर्नेहरुको लाइन पुन: जोड्न प्रकृया बढाएको छ। ६० दिन बक्यौता नतिरेका ग्राहकहरुको लाइन काट्न प्राधिकरणले सार्वजनिक सुचना निकालेर अभियानकै रुपमा बक्यौता असुली शुरू गरेकाे छ ।

टोल टोलमा अडियो सुचनामार्फत जानकारी गराउँदै बक्यौता भुक्तानी गर्न सार्वजनिक अपिल गरेपछि नेपालगन्ज वितरण केन्द्र अन्तरगत लामो समयदेखि महसुल नतिर्ने २० हजार बढी ग्राहकको लाइन काट्ने अभियान आईतवारबाट नै थालिएको केन्द्र प्रमुख जगन्नाथ लामिछानेले जाानकाारी दिनुभयाे ।

उहाँले आइतबार मात्रै १ सय ६३ जना ग्राहकको लाइन काटेको जनाउँदै यो अभियान सात दिनसम्म जारी रहने बताउनुभयो । लाइन काट्न थालेपछि आइतबार बक्यौता रकम बुझाउन धेरै सङ्ख्यामा ग्राहकहरू वितरण केन्द्र पुगेको प्रमुख लामिछानेले बताउनुभयो ।

उहाँले २० हजार २३० ग्राहकबाट ३७ करोड ९४ लाख ८७ हजार ६११ रुपियाँ असुल गर्न बाँकी रहेको जनाउँदै २४ करोड रुपियाँ सडक बत्ती र १३ करोड बढी अन्य उपभोक्ताको बाँकी रहेको बताउनुभयो ।

प्राधिकरणले यसअघि नै एउटा सार्वजनिक सूचना जारी गरी बाँकेका ८ स्थानीय तहलाई पनि सडक विद्युत बापतको बाँकी विद्युत् महसुल तिर्न ताकेता गरेको छ ।

वितरण केन्द्रका अनुसार बाँकेका ८ स्थानीय तहमध्ये सबैभन्दा बढी बक्यौता नेपालगन्ज उपमहानगरपालिकाको २० करोड रुपियाँ रहेको छ । बाँकी सातवटा पालिकाले सडक बत्ती बापतको ४ करोड रुपियाँ तिर्न बाँकी रहेको छ ।

Previous articleविद्युत कार्य प्रणाली सुधारका लागि प्राधिकरण सक्रिय
Next article´मुख्यमन्त्री कोहलपुर गोल्डकप खेलकुद` प्रतियोगिता स्थलकाे सुरक्षा अवस्था अनुगमन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here