पिन नेपालगञ्जको कार्यक्रम : एकजुट भई पिडितको सहयोगमा लाग्न आह्वान

नेपालगञ्ज । नेपाल औषधीगत बिक्री प्रबन्धक संगठन (पिन) नेपालगञ्ज ईकाईले बडा दशैं, तिहार, नेपाल संवत् १९४४ तथा छठ पर्व-२०८० को शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम गरेको छ ।

पुर्व निर्धारित कार्यक्रम अनुसार शनिबार नेपालगञ्जमा एक कार्यक्रमको आयोजना गरी शुभकामना आदानप्रदान गरिएको हो । नेपाल चिकित्सक संघ भेरीका सचिव डा.दिनेश कुमार चौधरीको बिशेष उपस्थितिमा पिन नेपालगञ्जका कार्यवाहक अध्यक्ष रोहित कुमार भट्टको सभापतित्वमा भएको सो कार्यक्रम गरिएको थियो ।

पिन नेपालगञ्जका वरिष्ट सदस्य प्रेम खरेलले स्वागत गर्नुभएको कार्यक्रमलाई पानसमा बत्ती बालेर औपचारिक उद्घाटन गरिएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि डा.दिनेश कुमार चौधरीले जाजरकोटकमा गएको भुकम्पले गर्दा उत्पन्न प्राकृतिक विपत्तीबाट भएको धनजनको क्षति तथा यस दुःखद घडीमा सम्पुर्णलाई एकजुट भई पिडितको सहयोगमा लाग्न आह्वान गर्नुभयो ।

कार्यक्रममार्फत औषधी उधोगको बजार व्यवस्थापनमा दुई दशक लामो आफ्नो अमुल्य समय प्रदान गर्दै नेपालगञ्ज ईकाईको अध्यक्ष पदमा रही सफल नेतृत्व प्रदान गरेर आफ्नो नयाँ व्यावसायिक यात्रा सुरु गर्नु भएकोमा भक्तराज उप्रेती सम्मान गरिएको थियो ।

विशिष्ट अतिथि नेपाल औषधीगत बिक्री प्रबन्धक संगठनका पुर्व राष्ट्रिय महासचिव तथा नेपाल औषधी उत्पादक संघका सदस्य शरद चन्द्र ओझाले दोसल्ला ओढाएर सम्मान पत्र प्रदान गर्दै सम्मान तथा विदाई गर्दै नयाँ सदस्यहरुलाई आविर लगाएर संगठनमा स्वागत गर्नुभयो ।

कार्यक्रममा नेपाल औषघी विक्री प्रतिनितधि संघ नेपालगञ्ज ईकाईका अध्यक्ष दिगम्बर पाण्डेय, पिन नेपालगञ्ज ईकाईका पुर्व अध्यक्ष तथा वर्तमान सल्लाहकार तिर्थराम चौधरी, नेपाल औषधी व्यवसायी संघ बाँके शाखाका अध्यक्ष जयदेव अवास्थीलगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

पिन नेपालगञ्जका सचिव बिशाल बिक्रम बर्माले संचालन गर्नुभएको कार्यक्रममा भुकम्पका पिडितको स्वास्थ्य लाभको कामनासहित र दिवंगत आत्माको चीरशान्तिको कामना गर्दै एक मिनेट गरिएको थियो ।

Previous articleभुकम्प प्रभावित ३२ जनाको बाँकेमा उपचार हुँदै
Next articleआवश्यक जति रगत संकलन, आवश्यक परे अनुरोध गरिने

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here