आवश्यक जति रगत संकलन, आवश्यक परे अनुरोध गरिने

नेपालगञ्ज । भूकम्प पिडित बिरामीहरुको लागि आइतबार पनि रक्तदाताहरु आउने क्रम जारी छ । पिडितहरुलाई रगतको अभाव हुन नदिनका लागि नेपालगञ्जस्थित रक्तसंचार सेवा केन्द्रमा आज बिहान बर्दियाको ठाकुरबाबा नगरपालिकाबाट २० जना रक्तदाताहरु आएर रक्तदान गरेका छन् भने स्वस्फुर्तरुपमा थप ३० जनाले रक्तदान गरेका छन् ।

ठाकुरबाबा नगरपालिकाका नगरप्रमुख तिलक राम लम्सालको नेतृत्वमा बर्दियाबाट आएर सेवा केन्द्रमा रक्तदान गरेको जिल्ला आपतकालिन कार्यसंचालन केन्द्र बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो ।

भूकम्प पडितहरुलाई आवश्यक पर्न सक्ने भन्दै मौजदात राख्नका लागि शनिबार ९३ पिन्ट रगत संकलन भएको थियो भने हालसम्म २४० पिन्ट रगत संकलन भइसकेको छ ।आवश्यकता परेकालाई दिन सहज हुने र रगत खेर हुन नदिका लागि अब आजसम्म मात्रै रक्तदान गरिनेछ ।

फोकल पर्सन श्रेष्ठका अनुसार आवश्यकता नहुँदासम्मका लागि रक्त संकलन स्थगन गरिएको छ । हाल भेरी अस्पतालमा सबै प्रकारका बिरामीको लागि आवश्यक परेमा रगतको अभाव नभएको पनि केन्द्रले जनाएको छ ।

Previous articleपिन नेपालगञ्जको कार्यक्रम : एकजुट भई पिडितको सहयोगमा लाग्न आह्वान
Next articleनेपाल शिक्षक संघले प्रभावित बालबालिकालाई बिद्यालय सामाग्री सहयोग गर्ने

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here