नेपाल शिक्षक संघले प्रभावित बालबालिकालाई बिद्यालय सामाग्री सहयोग गर्ने

नेपालगञ्ज । भूकम्पबाट पिडितहरुको राहतका लागि नेपाल शिक्षक संघले प्रधानमन्त्री राहत कोषमा एक लाख सहयोग गर्ने भएको छ । आइतबार नेपालगञ्ज आइपुग्नुभएका संघका केन्द्रीय अध्यक्ष सोमनाथ गिरीले पिडितहरुको राहतका लागि संघकोतर्फबाट तत्काल एक लाख प्रधानमन्त्री राहत कोषमा सहयोग गरिने जानकारी दिनुभयो ।

अध्यक्ष गिरीले आइतबार नै भूकम्पबाट प्रभावित भइ उपचारका लागि भेरी अस्पतालमा भर्नारत बिरामीहरुलाई भेटेर सान्त्वना दिनुका साथै बालबालिकाहरुलाई बिद्यालय जाने वातावरण निर्माण गर्न समेत सहयोग गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।

‘भेरी अस्तापलमा उपचाररत बिरामीलाई प्रत्यक्ष भेटेर उहाँहरुको समस्या हामीले बुझ्यौं,’ अध्यक्ष गिरीले भन्नुभयो, ‘यो अवस्थापछि बिद्यालय जाने बालबालिकाहरुलाई आवश्यक पर्ने पर्ने पोशाकसहित कपि, किताबको व्यवस्थापन गर्ने छौं । संकटको घडीमा सबै क्षेत्र एकजुट हुनुपर्छ ।’

भूकम्पबाट प्रभावित विद्यार्थीका लागि स्टेसनरी सामग्री तथा विद्यालय पोशाक सहयोग गर्ने र आवश्यकता अनुसार मनोसामाजिक परामर्शका कार्यक्रम समेत सञ्चालन गर्ने छ । साथै शिक्षक संघका वरिष्ठ उपाध्यक्ष इलम बहादुर शाहीको नेतृत्वमा जाजरकोट र रुकुम जिल्लामा शिक्षक साथीहरुले प्रत्यक्ष सहयोक समेत गरिरहेको केन्द्रीय सदस्य अर्जुन तिवारीले बताउनुभयो ।

बिरामीलाई भेटन नेपाली काँग्रेस बाँके सभापति नारायण गौडेल, संघका केन्द्रीय महासचिव ज्ञानेन्द्र बहादुर रावल, केन्द्रीय सदस्य तिवारी, लुम्बिनी प्रदेश उपाध्यक्ष बिरेन्द्र यादव, महासंघ बाँके अध्यक्ष पवन यादव, उपाध्यक्ष मनोजराजा श्रीवास्तव, ट्रेड युनियन बाँकेका उपाध्यक्ष तोजेन्द्र बिक लगायत पुग्नुभएको थियो । उहाँहरुले बाँकेका प्रमुख जिल्ला अधिकारीसंग समन्वय गरेर आवश्यक सहयोग गर्न सकिने बिषयमा समेत कुरा गर्नुभएको छ ।

Previous articleआवश्यक जति रगत संकलन, आवश्यक परे अनुरोध गरिने
Next articleभूकम्प पीडितका लागि भारत सरकारले पठाएको राहत समाग्री हस्तान्तरण

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here