भूकम्प पीडितका लागि भारत सरकारले पठाएको राहत समाग्री हस्तान्तरण

नेपालगन्ज । भुकम्प पीडितका लागि भारत सरकारले पठाएको स्वास्थ्य सामाग्रीसहितकाे सामाग्री आज नेपालगन्ज आईपुगेकाे छ ।  

नेपालका लागि भारतीय राजदुत नवीन श्रीवास्तवले नेपालगन्जस्थित राँझा बिमानस्थलमा उपप्रधान तथा रक्षामन्त्री पुर्ण बहादुर खडकालाई उक्त राहत सामाग्री हस्तान्तरण गर्नुभएको छ । 

भारत सरकारले नेपाललाई थप आवश्यक स्वास्थ्य सामाग्री छिटो उपलब्ध गराउने राजदुत श्रीवास्तवले जानकारी दिनुभयो ।

भारतबाट स्वास्थ्य सामाग्रीसहित अन्य सामाग्री बोकेको ईन्डियन एयर फोर्सको हवाई जहाज सिधै नेपालगन्ज बिमानस्थलमा अवतरण गरेको थियोे ।

बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पाेखरेलका अनुसार ६२५ थान प्लास्टिक तार्पोलिन / त्रिपाल, १ हजार थान स्लिपिङ ब्याग थान, १ हजार थान ब्ल्यांकेट, ७० थान टेन्ट (ठूलो खालको), ३५ प्याकेट टेन्टको एसेसरिज, ४८ प्रकारकाे केही थान औषधी तथा अन्य सामग्री प्राप्त भएकाे छ ।

उहाँले राहत सामग्री भोलि (साेमबार) बिहानै ४ भन्दा बढी ट्रकहरुमार्फत जाजरकोट र रुकुम पश्चिम सुरक्षाका साथ पठाइने जानकारी दिनुभयाे ।

Previous articleनेपाल शिक्षक संघले प्रभावित बालबालिकालाई बिद्यालय सामाग्री सहयोग गर्ने
Next articleजाजरकोटका भुकम्प प्रभावितका लागि एमाले बाँकेले पठायो राहत

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here