
नेपालगञ्ज । नेकपा एमाले बाँकेले जाजरकोटका भूकम्प प्रभावित नागरिकहरुका लागि सोमबार बिहान राहत सामग्री पठाएको छ ।
रु ५ लाख बढिको विभिन्न राहत सामग्रीसहित पार्टी केन्द्रीय सचिव एवं लुम्बिनी प्रदेश इन्चार्ज पद्मा अर्यालको नेतृत्वमा बाँके अध्यक्ष किस्मत कुमार कक्षपति राहत सामग्री सहित जाजरकोट जानुभएको छ ।
भूकम्प प्रभावितका लागि अध्यक्ष कक्षपतिले पार्टी तथा जनबर्गीय समिति परिचालन गरि सहयोग जुटाउनुभएको थियो । त्यसरी संकलन भएको चामल, दाल, तेल लगायतका खाद्यान्न र कम्बलसहित लत्ताकपडा पठाएको उपाध्यक्ष डिल्ली विसीले जानकारी दिनुभयो ।
उहाँका अनुसार, पार्टीका नेता कार्यकर्ताबाट स्वस्फूर्तरूपमा प्राप्त सहयोग भुकम्प प्रभावितलाई पठाइएको हो । थप अन्य सहयोग रुकुम प्रभावित क्षेत्रमा पठाइदै छ ।





