भूकम्प पीडितलाई नेपालगञ्ज उद्योग वाणिज्य संघको राहत

नेपालगञ्ज । नेपालगञ्ज उद्योग वाणिज्य संघ बाँकेले जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितलाई सवा तीन लाख रुपैयाँभन्दा बढीको राहात सामग्री सहयोग गरेको छ ।

संघका अध्यक्ष धामीले उद्योग वाणिज्य संघ जाजरकोटका अध्यक्ष रमेश केसीमार्फत जाजरकोटका सहायक प्रमुख जिल्ला अधिकारी हरिशचन्द्र शर्मालाई सोमबार साँझ राहात सामग्री हस्तान्तरण गर्नुभएको छ ।

सो अवसरमा उपाध्यक्ष मन्दिरा पाण्डे, महासचिव भीमबहादुर रानाभाट, विपद व्यवस्थापन समिति संयोजक तथा कार्य समिति सदस्य टीकामणि उपाध्याय, कार्यसमिति सदस्य इन्दिराकुमारी शाहीलगायतको सहभागिता रहेको थियो ।

राहात सामग्री हस्तान्तरण गर्दै अध्यक्ष धामीले भूकम्पबाट चहराइरहेको पीडितको घाउमा थोरै भए पनि मल्हम लगाउने होस् भनेर राहात वितरण गर्न आएको बताउनुभयो ।

संघले उपलब्ध गराएको राहात सामग्रीमा १४४ थान कम्मल, चौध क्वीन्टल चिउरा, २० बोरा भुजा, १० बोरा दालमोठ, बिस्कुट २० पेटी, चाउचाउ १५० पेटी, पानी ५० पेटी र पीफर्म ५ रोल रहेको महासचिव भीमबहादुर रानाभाटले जानकारी दिनुभयो ।

यी सामग्री जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितलाई आधा आधा बाँडेर सम्बन्धित जिल्लाका उद्योग वाणिज्य संघ मार्फत हस्तान्तरण गरिएको थियो ।

संघले उपलब्ध गराएको राहात सामग्री जिल्ला प्रशासन कार्यालय जाजरकोटले तत्कालै कुशे गाउँपालिकाका भूकम्प पीडितका हस्तान्तरण गरेको थियो । राहात वितरणअघि संघको टोलीले भूकम्प प्रभावित क्षेत्रको स्थलगत अवलोकन गरेको थियो ।

Previous articleजाजरकोटका भुकम्प प्रभावितका लागि एमाले बाँकेले पठायो राहत
Next articleभूकम्प पीडितका लागि श्री मदन बाबा भक्ति केन्द्रद्धारा रक्तदान

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here