
नेपालगञ्ज । भूकम्प पीडितलाई रगतको अभाव हुन नदिन श्री मदन बाबा भक्ति केन्द्र नेपालगञ्जले रक्तदान गरेको छ ।
केन्द्रले भेरी अस्पताल परिसरमार रहेको रक्तसंचार सेवा केन्द्रमा गएर भूकम्प पीडतका लागि १२ जनाले रक्तदान गरेको हो ।
केन्द्रका बबिता राजभण्डारी, सम्झना शाह, सिता विसी, दिपा ढकाल, सरयु भट्टराई, हेमनारायण चौधरी, नारायण प्रसाद पाण्डे, शान्ति खड्का, गंगा न्यौपाने, राप्ती सोनारीका लिला बहादुर रावत, कोहलपुरका महादेव शाह, नोलगञ्जका यम बहादुर बस्नेतले रक्तदान गर्नुभएको हो ।
विनाशकारी भूकम्पमा परि घाईते भएकाहरुको शिघ्र स्वास्थ्यलाभको कामना गर्दै जीवन रक्षार्थ रक्तदान गरेको केन्द्रले जनाएको छ ।





