
नेपालगन्ज । नेपाली कांग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नं-२ बाँकेले नेपालगन्जमा उपचाररत जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडित बिरामी तथा कुरूवाहरूका लागि एक दिनकाे खानाकाे व्यवस्थापन गरेकाे छ ।
दुई जिल्लामा गएकाे बिनासकारी भुकम्पबाट प्रभावित पीडित बिरामी तथा कुरुवाहरुको लागि समितिले भेरी अस्पताल परिसरमा संचालित अन्जनी माता रसोइ घरमा एक दिनकाे खानाकाे व्यवस्थापन गरेकाे हाे ।
क्षेत्र नं-२ का सभापति रमेश गुप्ताका अनुसार श्री सुन्दर काण्ड मित्र मण्डलद्वारा संचालित उक्त रसाेई घरमा आज मंगलबार एक दिन बिरामी तथा कुरूवालाई नि:शुल्क भोजन व्यवस्थापन गरिएको छ ।
सहयोगाार्थ कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य तथा संविधान सभा सदस्य मैकुलाल वाल्मीकि, नेपाली काँग्रेस बाँके उपसभापति गाेपाल अधिकारी, सचिव सुधान्सु काेईराला, सहसचिव रेनु सिंह ठाकुर, ट्रेड युनियन बाँकेका उपाध्यक्ष ताेजिन्द्र विक, नेपाल शिक्षक संघ बाँकेका उपाध्यक्ष मनाेजराजा श्रीवास्तव लगायतकाे उपस्थिति रहेकाे थियाे ।
हालकाे अवस्थामा राहत पुर्याउन तत्काल सानाे सहयाेग गरिएको नेपाली कांग्रेस प्रतिनिधि सभा क्षेत्रीय कार्यसमिति सचिव सुनिल सिंह हमालले बताउनुभयाे ।





