आर्मी बन्यो मुख्यमन्त्री कोहलपुर गोल्डकपको बिजेता

कोहलपुर । बाँकेको कोहलपुर नगरपालिका वडा नं २ तेह्र विगाह बिघामा सञ्चालन भएको ‘मुख्यमन्त्री कोहलपुर गोल्डकप प्रतियोगिता २०८०’ को उपाधि त्रिभुवन आर्मीले जितेको छ ।
बुधबार भएको फाइनल खेलमा त्रिभुवन आर्मीले चर्च व्वाईजलाई २-० ले गोेल अन्तरले आर्मी बिजयी बनेको हो । बिजेतासंगै आर्मीले प्रथम पुरस्कार आठ लाख नगद र उपबिजेता बनेको व्वाईजले चार लाख नगद रुपैया पुरस्कार पाएको छ ।

फाइनल खेल शुरु भएको ३२ औं मिनेटमा आर्मीका सराज श्रेष्ठले गोल गर्नुभएको थियो भन दोस्रो हापको ७६ औं मिनेटमा मान बहादुर आले मगरले अर्को गोल गर्न सफल हुनुभयो ।
मगरले म्यानअफ द म्याजसंगै नगद पाँच हजार रुपैया पुरस्कार पाउनुभयो । त्रिभुवन आर्मी फुटबल क्लब काठमाण्डौ (४-१) र चर्च व्वाईज यूनाईटेडले गोर्खा व्वाईज (३-०) ले विजयी भई फाइनलमा पुगेको थियो ।

आर्मीकै उत्कृष्ट डिफेन्डरमा यधा शाही, उत्कृष्ट मिड फिल्ड विशाल बस्नेत, उत्कृष्ट प्रशिक्षक आदर्श बहादुर मल्ल, उत्कष्ट स्वच्छ टिम गोर्खा व्वाईज, रेसिङ्ग साहारा क्लबका खेलाडी सन्देश न्यौपानेलाई जनही १० हजार सहित सम्मान गरिएको थियो । यस्तै प्रतियोगितामा उत्कृष्ट खेलाडीका रुपमा आर्मीका टंक बस्नेतलाई नगद ५० हजार रुपैया प्रदान गरिएको थियो ।

यस्तै यही गोल्डकपका दौरान कोहलपुर रेसिङ्ग साहारा क्लबका कप्तान हरि कठायतले फुटबल खेलबाट सन्यास लिनुभयो । आयोजकले उहाँलाई टिभिएस १२५ सिसिको स्कुटर उपलब्ध गराएको खेल संयोजक राम बहादुर मल्ले जानकारी दिनुभयो । समापन कार्यक्रमका प्रमुख अतिथि तथा कोहलपुर नगरपालिकाका प्रमुख पूर्ण प्रसाद आचार्यले कोहलपुर गोल्डकपलाई संस्थागत बनाउन केन्द्रिदेखि स्थानीय सरकार लाग्ने बताउनुभयो ।

‘कोहलपुर नगरपालिकाले पहिलो गोल्डकपमा १० लाख उपलब्ध गराएको थियो,’ उहाँले भन्नुभयो, ‘दोस्रो गोल्डकपमा २० लाख रुपैया उपलब्ध गराइएको छ ।’ अझै थप व्यवस्थित गर्दै संस्थागत विकास गर्ने पक्षमा नगरपालिका रहेको नगर प्रमुख आचार्यले बताउनुभयो । रेसिङ्ग साहारा क्लबका अध्यक्ष चक्र क्षेत्रीले प्रतियोगिता अवधिभर गरेको योगदानप्रति सहयोगीमनहरुलाई धन्यवाद दिँदै आगामी दिनमा अझै व्यवस्थित रुपमा सञ्चालन गर्न बाँके बासीलाई अनुरोध गर्नुभएको थियो ।

समापन कार्यक्रममा नेपाली काँग्रेसका बाँकेका सभापति नारायण प्रसाद गौडेल, नेपाली काँग्रेसका युवा नेता पोषण केसी, नेपाली सेनाका पूर्व उपरथी तथा नेपालगञ्ज मेडिकल कलेजका प्रमुख कार्यकारी अधिकृत डा.सुनिल कुमार सिंह, नोवेल ईमी स्कुलका सञ्चालक तथा कोहलपुर बृहत खानेपानी संस्थाका उपाध्यक्ष विर बहादुर विष्ट, नेपाल वित्तिय संस्था कर्मचारी संघ तथा नेपाल राष्ट्र बैंकका प्रथम उपाध्यक्ष विष्णु के.सी., शिवशक्ति माविका प्राधानाध्यापक बद्रिनाथ सापकोटा, समाजसेवी चिन्तामणी धिताल, डल्फिन फिड प्रालिका सञ्चालक तिर्थ थापा लगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।

Previous article२१ हजार ग्राहकको लाइन काटेर ५० करोड बक्यौता असुल
Next articleआर्थिक वर्ष २०७९/८० मा १ सय २६ जना कुष्ठरोगी पहिचान

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here