आर्थिक वर्ष २०७९/८० मा १ सय २६ जना कुष्ठरोगी पहिचान

नेपालगञ्ज । साइनिङ अस्पतालको सामाजिक परिक्षण तथा जिल्ला परियोजना सल्लाहकार समितिको बैठक समपन्न भएको छ ।

जानकी गाउँपालिका वडा नं-३ मानपुरस्थित आई.एन.एफ.नेपालद्वारा संचालित साइनिङ अस्पतालले छाला, कुष्ठ तथा क्षयरोगका विरामीहरुको उपचार गर्दै आएको छ । यस अस्पतालमा आर्थिक वर्ष २०७९/८० मा १ सय २६ जना कुष्ठरोगीको पहिचान भएको हो ।

पहिचान भएका मध्ये ५७ जना बाँकेका छन् । जानकी-३ मा संचालित अस्पतालका अस्पताल प्रमुख मंगल बहादुर थारुले आर्थिक वर्ष ०७९/८० मा १६ हजार ४ सय ५६ जना विरामीले ओपिडि (बहिरंग सेवा) दिएको जानकारी दिनुभयो ।

जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्र कुमार चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा चौधरीले जिसससँग बजेट नभएपनि आठै वटा स्थानीय तहबाट सहयोग मिल्न सक्ने अपेक्षा राख्नुभयो ।

आर्थिक वर्ष २०७९/०८० मा भिएमटी/एसटी १०५१ सत्रहरुमा १ सय ७५ जना बिरामीलाई जुत्ता आपूर्ती, ८ सय ८३ जना शारीरिक व्यायाम, एसएसओ सत्र २९७ सत्रमा ५१ जना बिरामीलाई सेल्फ केयर तालिम दिएको थियो ।

कार्यक्रममा जानकी गाउँपालिका प्रमुख छब्बन खान, जानकी गा.पा. वडा नं-३ का वडाध्यक्ष राजकुमार कुर्मी, नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख राम बहादुर चन्द, जानकीका स्वास्थ्य शाखा प्रमुख दल बहादुर राना, नेपाल कुष्टरोग निवारणका श्रीराम चौधरी, नेपाल क्षयरोग निवारण संस्था बाँकेका सभापति बदरुद्दीन अन्सारी, टिबी नेपालका हिकमत खडका, स्वास्थ्य कार्यालय बाँकेका क्षय/कुष्ट फोकल पर्सन रबिन्द्र कुमार शाह, बर्दियाका क्षय/कुष्ट फोकल पर्सन जीवन रजौरे, खजुराका स्वास्थ्य शाखा प्रमुख दिपक ढकालको उपस्थिति रहेको थियो ।

Previous articleआर्मी बन्यो मुख्यमन्त्री कोहलपुर गोल्डकपको बिजेता
Next articleभुकम्प पीडितका लागि नरैनापुरले पठायो राहत

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here