नरैनापुरमा विद्युत महसुल तिर्न सहज गर्ने प्रतिवद्धता

नेपालगञ्ज । बाँके नरैनापुर क्षेत्रको विद्युत समस्या बारे जनप्रतिनिधीले रचनात्मक दबाब दिएपछि विद्युत विलिङ नियमित गर्दै महसुल तिर्न सहज गर्ने प्रतिवद्धता व्यक्त गरिएको छ ।

नरैनापुर वडा न-३ का वडा अध्यक्ष अजय मिश्रासहितको टोलीले बुधबार नेपाल विद्युत प्राधिकरण नेपालगन्ज वितरण केन्द्रसँग विद्युत सेवा प्रवाह बारे चासो राख्दै संवाद गरेपछि सो प्रतिवद्धता आएको हो ।

नरैनापुर-५ मटेहीयामा रहेको विद्युत नो लाइटमा दुई दिन मात्रै विद्युत महसुल बुझने गरेका कारण ग्राहकले दुख झल्दै आएका थिए ।

समयमै र नियमित विद्युत महशुल बुझाउन नसकिएको र एकमुष्ट जरिवाना असुली हुने गरेको लगायतका समस्या सार्वजनिक हुन थालेपछि अध्यक्षको टोलीले नेपालगन्ज वितरण केन्द्रका प्रमुख जगन्नाथ लामिछानेलाई भेट गरेर आवश्यक ध्यानाकर्षण गराएको हो ।

भेटवार्तामा प्रमुख लामिछानेले विद्युत महसुल बुझाउने दिन बढाएर अब ६ दिन नै महसुल लिन सकिने बनाइने प्रतिवद्धता व्यक्त गर्नु भएकोे हो ।

विद्युत सेवा विस्तार गर्न, मिटर रिडिङ समयमै गर्न लगायतका माग र आवश्यक्ताबारे पनि जानकारी गराइएको अध्यक्ष मिश्राले जानकारी दिनुभयो ।

प्रमुख लामिछानेले कर्मचारीको अभाव परिपुर्ति गरेर तिहार लगत्तै विलिङ व्यवस्था सहज बनाई महसुल तिर्न सहज बनाइने विश्वास दिलाउनु भएको अध्यक्ष मिश्राको भनाई थियो ।

Previous articleनेपालगञ्जका २३ वटै वडा डिजिटलाइज
Next articleभेरीमा उपचाररत भूकम्प पीडित बिरामी तथा कुरूवालाई सद्भाव फाउन्डेसनको सहयाेग

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here