भेरीमा उपचाररत भूकम्प पीडित बिरामी तथा कुरूवालाई सद्भाव फाउन्डेसनको सहयाेग

नेपालगन । नेपालगन्जकाे भेरी अस्पतालमा उपचाररत भूकम्प पीडित बिरामीहरूलाई ओमप्रकास स्मृतिमा संचालित सद्भाव फाउन्डेसन काेहलपुरले न्यानाे कपडा तथा खाधान्न प्रदान गरेकाे छ ।

फाउन्डेसनले भेरीमा उपचारत बिरामीहरूलाई बिहीबार अस्पतालमै पुगेर आवश्यक न्यानाे कपडा तथा खाधान्न बितरण गरेकाे हाे ।

अस्पतालका अध्यक्ष बिरेन्द्र शाह, सद्भाव फाउन्डेसनका अध्यक्ष मन्जुल भट्टराई, संरक्षक राजवीर बर्नवालले अस्पतालमा भर्नारत बिरामीलाई भेट्दै साे सामाग्री बितरण गर्नुभएकाे थियाे ।

फाउन्डेसनले अस्पतालामा रहेका बिरामी तथा कुरूवालाई बिहानको खाजा चिया, बिस्कुट, न्यानो कपडा तथा खाद्यन्न वितरण गरिएको संरक्षक बर्नवालले जानकारी दिनुभयाे ।

´हामीले गर्न सक्ने सानाे प्रयास स्वरूप याे कार्य गरिएको छ,` संरक्षक बर्नवालले भन्नुभयाे, अझ पनि दैनिक रुपमा बिरामी र कुरुवालाई खाजा नास्ता ईत्यादिको कमि हुने गरेको अवस्था देखिएकाे छ ।

Previous articleनरैनापुरमा विद्युत महसुल तिर्न सहज गर्ने प्रतिवद्धता
Next articleभूकम्प प्रभावित क्षेत्रका पाँच सय परिवारलाई गैर खाद्य सामाग्री बितरण

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here