कीर्तिमानी पाइलट भावना नेपालगञ्जमा दौडसँगै मन्थन गर्ने

नेपालगञ्ज । पहिलो अन्तर्राष्ट्रिय उडान गर्ने नेपाली महिला पाइलट भावना पन्त ९औं धारा नेपालगञ्ज म्याराथनमा ऐक्यबद्धता जनाउनु हुने भएको छ । नेपाल एयरलाइन्समा कार्यरत पाइलट भावनाले टिमको नेतृत्व गर्दै अन्तर्राष्ट्रिय नारी दिवस (फागुन २४, २०७९) मा पहिलो पटक एयर बसलाई काठमाडौं-दुबई-काठमाडौं सफल अवतरण गराउनुभएको थियो ।

अन्तर्राष्ट्रिय उडानहरुमा व्यस्त क्याप्टेन भावनाले नेपालगञ्ज म्याराथनका सहभागीहरुसँग सुर्खेतरोडमा ऐक्यबद्धता जनाउनुका साथै अघिल्लो दिन हुने नेपालगञ्ज कनक्लेभमा प्यानलिस्ट भएर अनुभव बाँड्नु हुनेछ । महिला सशक्तीकरण सम्बन्धि ‘आकाश धर्ती बराबरी’ सत्रमा उहाँको उपस्थिति हुनेछ । ‘म्याराथनको टेष्ट लिन निकै आतुर छु ।’ हङकङ उडान भर्नुअघि उहाँले आयोजकसँग भन्नुभयो-‘अझ कनक्लेभमा महिला दिदीबहिनीसँग आफ्ना अनुभव बाँड्न पाउने खबरले मलाई एकदमै उत्साहित बनाएको छ ।’

नेपाल सरकार र तत्कालीन विद्रोही नेकपा माओवादीबीच दशक लामो सशस्त्र द्वन्द्व विधिवत अन्त्य गर्नेगरी भएको विस्तृत शान्ति सम्झौता (५ मंसिर २०६३) स्मरणमा नौ वर्षदेखि निरन्तर नेपालगन्ज म्याराथन आयोजना हुँदै आएको छ । सोही सम्झौतामार्फत मुलुकले शान्ति, विकास र समृद्धिको बाटोको यात्रा तय गरेको स्मरण गर्दै हरेक वर्ष ५ मंसिरमा नेपालगन्जको बीपी चोक र कोहलपुर चौराहामा दीप प्रज्वलन गरिँदै आएको छ ।

क्रियटिभ ह्याण्ड्सको आयोजना एवं क्रियटिभगञ्ज मिडिया एण्ड इभेन्ट म्यानेजमेन्टको व्यवस्थापन रहेको नेपालगञ्ज म्याराथन एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेश(एम्स)बाट मान्यता प्राप्त दौड प्रतियोगिता हो । जापानको ओशाकामा भएको २३ औं सभामा नेपालगञ्ज म्याराथनका संस्थापक टीएस ठकुरीले भाग लिनुभएको थियो । यसले भविष्यमा अन्तर्राष्ट्रिय सम्बन्ध बिस्तार हुने अपेक्षा छ । एम्सबाट ४२.१९५ किमी, २१ किमी, १० किमी र ५ किमी प्रमाणीकरण भएको छ ।

एम्सको प्रमाणीकरण रुटमार्फत नेपालगञ्ज म्याराथनले नेपालकै छैटौं पुरानो सहर नेपालगञ्ज र उदीयमान शहर कोहलपुरलाई जोड्ने काम गर्दछ । नेपालगञ्ज म्याराथनको टाइटल स्पोन्सर प्रतिष्ठित व्यवसायिक घराना केएल दुगड ग्रुपको उत्पादन धारा तेल रहेको छ । त्यसैगरी इन एसोसियसन अफ पार्टनरमा केएल दुगड ग्रुपकै ज्ञान खाद्यान्न र शिखर प्लाई तथा पावर्ड बाइ पार्टनरमा सगरमाथा सिमेन्ट र राष्ट्रिय वाणिज्य बैंक रहेका छन् ।

हस्पिटालिटी पार्टनरमा होटल सोल्टी वेष्टेन्ड प्रिमियर, इएसपी पार्टनर भायोनेट, इन्टरटेन्मेन्ट पार्टनरमा मेरो प्लानेट, मेडिकल पार्टनरमा वेष्टर्न हस्पिटल, अफिसियल लाइभ पार्टनर हाम्रो खेलकुद डट कम, प्रिन्ट मिडिया पार्टनर दैनिक नेपालगञ्ज, सोसल मिडिया पार्टनरमा नेपालगञ्ज ग्यालरी र कोहलपुर ग्यालरी रहेका छन् ।

नेपालगञ्ज उपमहानगरपालिका र कोहलपुर नगरपालिका संरक्षक छन् भने राष्ट्रिय खेलकुद परिषद, लुम्बिनी प्रदेश खेलकुद परिषद मुख्य प्रवद्र्धक रहेका छन् । त्यस्तै नेपाल पर्यटन बोर्ड समेत प्रवद्र्धक रहेको छ । जिल्लास्थित गाउँपालिकाहरु समेत प्रवद्र्धकका रुपमा रहने छन् ।

Previous articleलुम्बिनी प्रदेशभरि स्वास्थ्य कार्यालय बाँके ११ औं स्थानमा
Next articleनेपालगञ्ज म्याराथन र कन्क्लेभमा मिस नेपाल श्रृच्छा सहभागी हुने

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here