
नेपालगञ्ज । लाइसेन्स बनाईदिने भन्दै ठगी गर्ने एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
लाईसेन्स बनाईदिन्छु भन्दै बिभिन्न व्यक्तिहरुसंग नगद लिइ ठगी गर्ने बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नं-८ का २८ वर्षीय सुरेश चौधरीलाई बाँके प्रहरीले नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी एवं प्रवक्ता प्रहरी नायव उपरीक्षक नारायण डाँगीका अनुसार बिभिन्न मितिमा व्यक्तिहरुलाई ठगी गरेको उजुरीका आधारमा चौधरीलाई यही २० गते पक्राउ गरिएको छ ।
पक्राउ गरिएको चौधरीलाई प्रहरीले शुक्रबार सार्वजनिक गर्दै आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ ।





