तस्करी गरि ल्याउँदै गरिएको चार जिउ राँगा प्रहरी नियन्त्रणमा

नेपालगञ्ज । बाँके प्रहरीले अबैध रुपमा नेपाल ल्याइएको राँगा नियन्त्रणमा लिएको छ । प्रहरीले बाँकेको डुडुवा गाउँपालिका वडा नं-६ स्थित भारतको सीमा क्षेत्र भएर नेपाल ल्याइएको चार जिउ राँगा नियन्त्रणमा लिएको हो ।

जिल्ला र इलाका प्रहरी कार्यालय हिरमिनियाको संयुक्त प्रहरी टोलीले अबैध रुपमा ल्याइएको राँगाहरु डुडुवा गाउँपालिका वडा नं-६ हिरमिनियाको मुन्सिपुर्वाबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

प्रहरीको टोलीलाई देखेपछि राँगा ल्याउन लागेकाहरु फरार भएको बाँके प्रहरी प्रवक्ता नारायण डाँगीले जानकारी दिनभयो । उहाँका अनुसार बरामद राँगाको मुल्य करिब एक लाख ४० हजार रहेको छ ।

उक्त राँगाहरु आवश्यक कारबाहीको लागि नेपालगञ्ज भन्सार कार्यालयमा पठाइएको छ ।

Previous articleलाईसेन्स बनाईदिन्छु भन्दै ठगी गर्ने बर्दियाका एक युवा पक्राउ
Next articleथापा र चौधरीले जिते मेयरकप साइकल प्रतियोगिताको उपाधी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here