बिकास कार्यमा अघि रहेकाे नेपालगन्ज-१८ मा पुर्वाधार कार्य शुरू

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका वडा नं-१८ मा सडक पुर्वाधारको शुरुवात गरिएको छ ।

शनिबार वडा अध्यक्ष दीपक बर्माले नेपालगन्जको सोल्टी होटेल देखि लगदहवा हुदै बाईपास सडकमा नाला तथा ढक्कन कार्यको आरम्भ गरी पुर्वाधारको शुरुवात गर्नुभएको हो ।

उक्त कालो पत्रे सडकपनि गत बर्ष अध्यक्ष बर्मा बाट शुरुवात गरीएको थियो । तर केही ठाउँमा नाला तथा नालामाथिको ढक्क्नको कार्य बजेट नभएर अधुरो थियोे ।

उक्त कार्यको लागि वडा अध्यक्ष बर्मा संघ र प्रदेशबाट पहल गरि बजेट ल्याउन निकासा गरी उक्त सडक पुर्वाधार कार्यको शुरूवात गर्नुभएको हो ।यो निर्माणको लागि पनि संघीय सरकारको शहरी बिकास मंत्रालयबाट रु ३५ लाखको बजेट ल्याउनुभएकाे थियाे । उक्त बजेटबाट टेन्डर प्रक्रिया पूरा गरि शनिबारबाट निर्माण कार्य शुरु भएको वडा अध्यक्ष बर्माले बताउनुभयो ।

यो भन्दा पहिला यसै आर्थिक बर्षमा दशैअघि पहिला वडा नं-१८ मा रहेको मोडेल स्कूल जाने सडकको पी सी सी निर्माण कार्य सम्पन्न गरिएको उहाँले बताउनुभयो ।

उहाँका अनुसार उक्त वडाको विकासका लागि शिक्षा, स्वास्थ्य तथा पुर्वाधारमा संघ र प्रदेशबाट बजेट निकासा गराएर कामलाई चुस्त-दुरुस्तका साथ अघि बढाईएको छ । 

Previous articleनेपालगञ्जमा दाइजो प्रथा बिरुद्ध कार्ययोजना निर्माण
Next articleहुर्केका बयश्क रुख जथाभावी काटेपछि सर्वत्र आलोचना

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here