प्रहरीद्वारा तस्करीको कुखुरा बरामद

नेपालगञ्ज । बाँके प्रहरीले भारतबाट तस्करी गरी नेपाल ल्याएको कुखुरा बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले बाँकेको राप्तीपारी क्षेत्रबाट आइतबार अबैधरुपमा रहेको ११० वटा ब्रोइलर कुखुरा बरामद गरेको हो ।

प्रहरीले रापतिसोनारी गाउँपालिका वडा नं ४ कुमर गाँउस्थित भारतबाट ल्याईएको अन्दाजी मूल्य रु ६६ हजार बराबरको ११० वटा ब्रोईलर कुखुरा बेवारिसे अवस्थामा फेला परेको जनाएको छ ।

बरामद कुखुरालाई आवश्यक कारबाहीका लागि पशु क्वारेन्टाईन कार्यालय नेपालगञ्जमा पठाईएको छ । प्रहरीले कुखुरासहित तस्करी गर्न प्रयोग गरिएको मोटरसाइकल समेत नियन्त्रणमा लिएको जनाएको छ ।

कुखुरा ल्याउँदै गर्दा प्रहरीलाई देखेपछि तस्करले मोटरसाइकल र कुखुरा छाडेर भागेका थिए ।

Previous articleहुर्केका बयश्क रुख जथाभावी काटेपछि सर्वत्र आलोचना
Next articleभ्रष्टाचार बिरुद्ध क्रियाशिल संस्था बास २४ औं बर्षमा प्रवेश

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here