
नेपालगञ्ज । भ्रष्टाचारबिरुद्ध क्रियाशिल संस्था बास नेपाल २४ औं वर्षमा प्रवेश गरेको छ । भ्रष्टाचारबिरुद्ध क्रियाशिल बास नेपालले आइतबार नेपालगञ्जमा २३ औं बार्षिकोत्सव समारोह मनाएर २४ औं वर्षमा प्रवेश गरेको हो ।
कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश सरकारकी पूर्ब मन्त्री कृष्णा के.सी. (नमूना) ले भ्रष्टाचारबिरुद्धको अभियानमा सबै लाग्न जरुरी भएको बताउनुभयो । उहाँले भ्रष्टाचारबिरुद्ध बास नेपालले निर्वाह गरेको भुमिका प्रभावकारी रहेको बताउँदै बासको संस्थागत बिकासमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा प्रदेश सभा सदस्य माननीय मिना श्रेष्ठ, मिना कुमारी बोहरा शिद्धिकी, बासका सल्लाहकार तथा बरिष्ट पत्रकार पूर्णलाल चुके, गैसस महासँघ बाँके शाखाका अध्यक्ष चन्द्र प्रकाश तिमिल्सिनाले शुभकामना दिनुभएको थियो ।
कार्यक्रममा गायक पूर्ण थापा, गायक तथा कर्णाली प्रदेश संयोजक धिरेन्द्र शाही, पूर्ब केन्द्रीय सचिब चम्फा कठायत, गायक बलु तामांग, गायीका टिना केसीले गित प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा मन्जु थापा, सबिता गुरुंग, लौटन थारु र बसन्ती थारुले नृत्य प्रस्तुत गर्नुभएको थियो भने बासमा कार्यरत कर्मचारीहरुले समेत सामुहिक नृत्य प्रस्तुत गरेका थिए ।
बासका केन्द्रीय महासचिव खुमेस सुवेदीले सञ्चालन गरेको बार्षिकोत्सब समारोहमा बासका उत्कृष्ट प्रदेश, शाखा र कर्मचारीको घोषणा बासका कार्यकारी निर्देशक नमस्कार शाहले गर्नुभएको थियो ।
बासका केन्द्रीय अध्यक्ष लुना बुढाथोकीको अध्यक्षतामा भएको बार्षिकोत्सब समारोहमा विभिन्न क्षेत्रका गरी २ सय बढीको सहभागिता रहेको थियो ।
बार्षिकोत्सवको अवसरमा विभिन्न सम्मान प्रदान
बासको २३औं बार्षिकोत्सब समारोहमा विभिन्न सम्मानहरु प्रदान गरिएको छ । बार्षिकोत्सवको अवसरमा ७ ओटा प्रदेश मध्ये कर्णाली प्रदेश उत्कृष्ट प्रदेशको रुपमा सम्मानित भएको छ ।
उत्कृष्ट प्रदेशको रुपमा ५ हजार नगदसहित सम्मानत ग्रहण बास कर्णाली प्रदेश संयोजक धिरेन्द्र शाहीले गर्नुभएको थियो । हरेक बर्ष प्रदान गरिने उत्कृष्ट शाखा अन्तरगत यस बर्ष बास डोटी शाखा प्रथम हुन सफल भएको छ ।
यसैगरी सिराहा शाखा द्धितिय, दैलेख शाखा तृतीय र बाँके शाखाले सान्त्वना स्थान हासिल गरेको छ । यसरी उत्कृष्ट हुने शाखाहरुलाई क्रमशः नगद रु १० हजार, ७ हजार, ५ हजार र ३ हजारसहित सम्मान पत्रद्धारा सम्मान गरिएको थियो ।
बास डोटी शाखा अध्यक्ष सरिता कठायत, सिराहा शाखा उपाध्यक्ष राम चन्द्र शाह, दैलेख शाखा सचिव कृष्ण कमल अधिकारी र बाँके शाखा अध्यक्ष शोभा थापा मगरले सम्मान ग्रहण गर्नुभएको थियो ।
बासले संस्थामा कार्यरत कर्मचारीहरुमध्ये कार्य सम्पादनको आधारमा ३ जना कर्मचारीलाई उत्कृष्ट कर्मचारीद्धारा सम्मानित गरेको छ । कार्यक्रमकाबिच बासका जन सम्पर्क अधिकृत माधब कार्की, लेखा अधिकृत राष्टि बुढा मगर र सामाजिक परिचालक तेज बोहरालाई उत्कृष्ट कर्मचारीको रुपमा सम्मान गरिएको छ ।
यसैगरी बास केन्द्रीय कार्यालयमा लामो समयदेखि मालीको रुपमा कार्यरत इस्लाम बागवानलाई सम्मान गरिएको छ । बार्षिकोत्सवको अवसरमा बासका स्वयंसेवक सुमिता कुमाल र बासुदेब उपाध्यायलाई उत्कृष्ट स्वयंसेवकको रुपमा सम्मातित गरिएको छ ।
भ्रष्टाचार बिरुद्धको अन्तर्राष्टिय दिवसको अवसरमा आयोजित नेपालगञ्ज वाकाथन कार्यक्रममा सहयोग तथा सहकार्य गर्ने संस्था तथा निकायलाई प्रशंसा पत्र प्रदान गरिएको थियो भने संस्थाले विगत लामो समयसम्म सदस्यको रुपमा क्रियाशिल १७ जनालाई सक्रिय सदस्यता प्रमाण पत्र प्रदान गरेको छ ।
यसैगरी देउसी भैलो कार्यक्रममा सहयोग गर्ने १९ जनालाई सम्मान पत्र प्रदान गरेको छ भने भने समानुपातिक प्रणालीबाट प्रदेश सभा सदस्यमा मनोनीत मिना श्रेष्ठ बोहरा शिद्धिकीलाई सम्मान गरिएको थियो ।





