फुल्टेक्रा क्षेत्रमा छड्के बजार अनुगमन, एउटा पसललाई कारबाही

फाईल तस्बिर

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिका वडा नं-६ को फुल्टेक्रा क्षेत्रमा छड्के बजार अनुगमन भएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेको नेतृत्वमा भएको छडके अनुगमनमा केही फसलबाट अबैध सामान जफत गरिएको छ ।

बाँके प्रशासनका अनुसार फुल्टेक्रा क्षेत्रमा मंगलबार भएको अनुगमनबाट केही पसलबाट अबैध सुर्तिजन्य पदार्थ जफत गरी नष्ट गरिएको छ भने एउटा पसललाई कारबाही गरिएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी लाल बहादुर गुरुङ नेतृत्वको अनुगमन टोलीले करिव आठ हजार मुल्य बराबरको अवैध सुर्तिजन्य पद्वार्थ जफत एवंम नष्ट गरेको र एउटा पसलबाट २० हजार जरिवाना असुल गरेको हो ।

फुल्टेक्रामा रहेको रिसु प्रोबिजन स्टोरबाट पाँच हजार र अन्य पसलहरुबाट तीन हजार मुल्यको सुर्तिजन्य पदार्थ जफत तथा बि एन ट्रेडर्सले बिल बिजक जारी नगरी कारोवार गरेको पाइएकोले २० हजार जरिवाना र चामलको परिक्षणका लागि खाद्य प्रबिधी तथा गुण नियन्त्रण कार्यालयले नमुना संकलन गरेको छ ।

Previous articleबागेश्वरी मन्दिरको सरसफाई गर्दै डस्टविन हस्तान्तरण
Next articleनवविवाहित दम्पतीको उदाहरणीय कार्य, विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here