
बढ्रयाताल, बर्दिया । बढैयाताल गाउँपालिकाको शान्तिपुरमा जारी दोश्रो वडा स्तरीय फुटबल प्रतियोगितामा बिहीबार भएको खेलमा वडा न १ ले वडा न ३ लाई ० गोलविरुद्ध ३ गोल प्रहार गरि बिजयी भएको छ ।
वडा नं १ ‘बि’को टिमको तर्फबाट खेलाडीहरु योगेश वली, आषिश सिहं ठकुरी र विकास खत्रीले एक÷एक गोल गर्नुभएको थियो । खेल एकदम प्रतिष्पर्धात्मक तथा रोमाञ्चक रहेको थियो ।
श्री जगदम्बिका माविको खेल मैदानमा भएको सो खेल हेर्न दर्शकहरुको घुईचो रहेको थियो । न्यु शान्ति स्पोर्ट्स क्लबको आयोजना तथा बढैयाताल गाउँ पालिका वडा न १ को समन्वयमा सो फुटबल प्रतियोगिता सन्चानल भईरहेको छ ।
पुस १६ गतेसम्म चल्ने प्रतियोगितामा १० टोलीको सहभागिता रहेको क्लबका अध्यक्ष प्रेम पुनले जानकारी दिनुभयो । खेलमा प्रथम हुनेलाई ५० हजार र दोस्रो हुनेलाई २५ हजार नगदसहित सम्मान गरिने आयोजकले जनाएको छ ।





