
दाङ । तुलसीपुरमा बालविवाह गर्ने दुलाहसहित पण्डितलाई प्रहरीले पक्राउ परेको छ । प्रहरीले तुलसीपुर नगरपालिका वडा नं-८ कटकुइया निवासी २९ वर्षीय दुलाह डाक्टर केसी र सोही ठाउँका ५७ वर्षीय पण्डित तारा प्रसाद देवकोटालाई पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक नवचन्द्र मल्लका अनुसार डा.केसी र तुलसीपुर ५ रानीजरुवा निवासी १४ वर्षीया बालिकाबिच बालविवाह भइरहेको भन्ने गोप्य सूचनाको आधारमा पक्राउ गरिएको छ ।
इप्रका तुलसीपुरका प्रहरी निरीक्षक नवराज केसीको कमाण्डमा खटिएको प्रहरी टोलीले विवाह गरिहेकै अवस्थामा घरबाटै दिउँसो ३ बजेको समयमा पक्राउ गरेको हो ।
पक्राउ परेका दुई जनालाई जिल्ला अदालत दाङबाट ५ दिनको म्याद थप गरी हिरासतमा राखेर आवश्यक अुनसन्धान भइरहेको प्रहरी निरीक्षक मल्लले बताउनुभयो ।





