भुवर भवानीमा सरसफाई तथा डस्टबिन व्यवस्थापन

राप्तीसोनारी । नेपाली काँग्रेस क्षेत्र नम्बर-१ ले प्रशिद्ध भूवर भवानी मन्दिर परिसर क्षेत्रको सरसफाई गर्दै डस्टबिन राखेको छ । राप्ती सोनारी गाउँपालिका वडा नम्बर-३ मा रहेको सो मन्दिरमा एक कार्यक्रम गर्दै सरसफाई कार्यक्रम गर्दै डस्टबिन राखेको हो ।

क्षेत्र नं १ का क्षेत्रीय सभापति पोषणराज केसीले मन्दिर क्षेत्रको सरसफाई गर्दै फोहोर व्यवस्थापनका लागि डस्टबिन राखेको जानकारी दिनुभयो । सोही अवसरमा क्षेत्रीय समितिको बैठक समेत बसेको छ ।

सो बैठकमा बोल्दै काँग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेलले गुटबन्दी त्याग्ने कुरा भाषणमा गरेर मात्रै नहुने बताउनुभयो । उपस्थित कार्यकर्ताको भावना अनुसार बोल्ने नेताहरुले पनि गुटबन्दी अन्त्य गर्नुपर्नेमा जोड दिए । तर, बोलेर मात्र नहुने भएकाले ब्यवहारमा देखाउनुपर्ने बताए । बोल्ने अधिकांस नेताले आजैका मितिदेखी भूवर भवानी मन्दिरलाई साक्षी राखेर गुटबन्दी त्याग्नुपर्ने धारणा राखेका थिए ।

Previous articleबाल विवाह गर्ने दुलाहसहित पण्डित पक्राउ
Next articleनेपालगञ्जमा हात्तीपाईले रोगको जिवाणु खोजी गरिँदै

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here