नेपालगञ्जमा हात्तीपाईले रोगको जिवाणु खोजी गरिँदै

नेपालगञ्ज । नेपालगञ्जमा हात्तीपाईले रोगको अवस्था जाँच गरिने भएको छ । नेपालगञ्ज उपमहानगरपालिकाको सबैभन्दा जोखिम क्षेत्रको रुपमा रहेको वडा नं-४ मा सोमबार संक्रमण पहिचान शिविरमार्फत रोगको अवस्थाको जिवाणु खोजी गरिन थालिएको हो ।

आइतबार एक कार्यक्रममार्फत सरोकारवालाई जानकारी दिँदै यस वडामा हात्तीपाईले रोगको अवस्थाबारे जिवाणु जाँच गर्न लागिएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । वडाका तीन सय जनाको रगतको नमूना संकलन गरी परीक्षण गरिनेछ ।

सो क्रममा वडा अध्यक्ष गोपाल पुनले यो कार्यमा सबै क्षेत्रको सहयोग अपरिहार्य रहेको बताउनुभयो । आफ्नो छुट्टै पहिचान रहेको नेपालगञ्जको पहिचानलाई प्रयोग गर्न नसकिएको भन्दै वडाअध्यक्ष पुनले अब यो कार्यमा स्थानीयको सहयोग हुनुपर्ने बताउनुभयो ।

यो कार्यले वडामा जोखिम रहे नरहेको थाहा हुने र नागरिकको स्वास्थ्यका लागि स्थानीय तह, वडा कार्यालयसमेत कसरी अगाडी बढ्ने निर्देश गर्ने उहाँले बताउनुभयो । स्वास्थ्य कार्यालय बाँकेकी प्रमुख सुनिता पौडेलले तराईका जिल्लाहरुमध्ये बाँके जोखिममा रहेको बताउनुभयो ।

उहाँले बाँकेमा यस रोगलाई उन्मुलनका लागि अभियानहरु संचालन भएको भएपनि केही बाधा अड्चन बर्तमान अवस्थामा समेत रहेको बताउनुभयो । नमूना परीक्षणले अहिलेको अवस्थाबारे जानकारी दिने पनि उहाँले बताउनुभयो ।

नेपाल पत्रकार महासंघ बाँकेकी उपाध्यक्ष करुणा शाहले यस अभियानलाई सफल बनाउन महासंघ तथा सिंगो संचार क्षेत्रबाट सहयोग सहकार्य निरन्तर रहने प्रतिबद्धता जनाउनुभयो । सो कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख राम बहादुर चन्द, वडा प्रहरी कार्यालय नेपालगञ्जका प्रहरी सहायक निरीक्षक जितेन्द्र जिसी, शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र नेपालगञ्ज ४ की जनस्वास्थ्य अधिकृत रोशनी पुन, स्वास्थ्य स्वयंसेविकाको समेत उपस्थिति रहेको थियो ।

Previous articleभुवर भवानीमा सरसफाई तथा डस्टबिन व्यवस्थापन
Next articleप्याब्सन बाँकेले स्थापना दिवसमा बिबिध कार्यक्रम गर्ने

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here