चिसाेका कारण बाँकेमा केही दिन बिद्यालय बन्द, डुडुवाले पनि दियाे बिदा

डुडुवा । अत्याधिक चिसो बढेपछि बाँकेकाे डुुडुवा गाउँपालिकाका सम्पूर्ण शैक्षिक संस्थाहरु बन्द भएका छन । 

केही दिनदेखि बढेको अत्याधिक चिसोका कारण विद्यार्थीहरुको स्वास्थ्यमा समस्या आउन सक्ने र विद्यालयमा पठनपाठन प्रक्रियामा असहज वातावरण हुने भएपछि माघ ५ गतेदेखि माघ ८ गतेसम्म शैक्षिक संस्था बन्द हुने भएको छ । 

गाउँपालिका अन्तर्गत सम्पुर्ण सामुदायिक विद्यालय, मदरसा, गुरुकुल र बालविकास तथा संस्थागत विद्यालयहरु तीन दिनका लागि बन्द गरिएको गाउँपालिका शिक्षा शाखा प्रमुख सञ्जयकुमार कर्णले बताउनुभयो ।

शाखा प्रमुख कर्णले आज एक सूचना जारी गरि शैक्षिक संस्था बन्द गर्ने निर्णय भएको जनाउनु भएको छ । चिसो अत्याधिक बढेपछि गाउँपालिकाले विभिन्न सार्वजनिक स्थानमा आगो (धुनी) ताप्नका लागि दाउराको व्यवस्थापन गरिरहेको जनाएको छ । 

यसअघि जानकी गाउँपालिका तथा नेपालगञ्ज उपमहानगरपालिकाले पठनपाठन बन्द गरेका छन् । विगत केही दिनदेखी चिसो अत्याधिक बढेपछि गाउँपालिकाका सामुदायिक, मदरसा, गुरुकुल, बालविकास केन्द्र तथा संस्थागत विद्यालयहरुमा दुईदिन विदा दिइएको बुधबार सूचना प्रकाशित गरि माघ ४ र ५ गते विद्यालयहरु बन्द गरेकाे थियाे नेपालगञ्जले पनि माघ ६ गतेसम्म बिदा दिएकाे छ ।

Previous articleपुर्व अध्यक्ष बस्नेतलाई सम्झदै महिला उद्यमीद्वारा शोक सभा
Next articleश्रीराम मन्दिर प्राण प्रतिष्ठाको अवसरमा हवेली चाय पसलले मिष्ठान वितरण गर्ने

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here