नमूना वडा निर्माणका लागि सरसफाई अभियान, फाेहाेर फाल्नेलाई दण्ड

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिका वडा नं-१८ नमूूना वडा निर्माणमा कस्सिएकाे छ । एकपछि अर्काे नमूना कार्य संचालन तथा कार्यान्वयनमा वडा अघि बढिरहेकाे छ । वडामा रहेका समस्या समाधान गर्दै मानिसलाई स्वच्छ आनीबानीकाे बिकासमा पनि वडाले जाेड दिँदै आएको देखिन्छ ।

कहिले बाटाे-घाटाे निर्माण, कहिले बिद्यालय भवन, त कहिले नालीकाे समस्यााबाट आफ्ना जनतालाई मुक्त गर्न वडाले बिभिन्न याेजनाहरू तिब्र गतिमा संचालन गरेकाे छ । यही क्रममा स्वच्छकर आनीबानीकाे बिकास गर्न तथा वडालाई सरसफाईमा नमूना बनाउन सरसफाई अभियान अघि बढाएको छ ।

टोल स्तरमै सरसफाई अभियान सुरु गरेको नेपालगञ्ज-१८ से अटेरी गर्नेलाई दण्ड, सजाय पनि दिने भाएको छ । शनिबारबाट शुरू टोलस्तरीय सफाई अभियान पहिलो चरणमा सबै टाेलस्तरमा सञ्चालन गर्ने र त्यसपछि अटेरी गर्नेलाई वडाबाट गरिने सबै किसिमका सिफारिसमा कडाई गर्दै दण्ड वडाध्यक्ष दिपक कुमार वर्माले बताउनुभयो ।

जथाभावी फोहोर गर्नेलाई यसअघि पनि हजाराैं रकम जरिवाना गरेर कडाई गरेको बडा नं-१८ ले व्यवसायीक क्षेत्रमा रहेको उक्त कडाईलाई टोलस्तरमै पुर‌याउने नीति लिएको वडाध्यक्ष बर्माको भनाइ छ । ‘त्यसका लागि गैर सरकारी संस्थासँग समन्वय गरी परदैलोमै पुगेर सचेतना फैलाइने छ, वडाध्यक्ष बर्माले भन्नुभयाे, ´दिप नगरबाट सुरु यो अभियान वडाकाे सबै टोलमा पुगेपछि अर्को चरणमा अनुगमन र फोहोर व्यवस्थापनको हुनेछ ।`

सरसफाई अभियानका वडाले स्थानीय कञ्चन नेपाल नामक सामाजिक संस्थासँग सहकार्य गरेको छ । ‘घरदैलो गर्दा आम वडाबासीले सरसफाईमा सहयोगको प्रतिबद्धता जनाउनु भएकाे कञ्चन नेपालका अध्यक्ष रिता लक्ष्मी आचार्यले बताउनुभयो ।

Previous articleडुडुवाका हरेक याेजना पारदर्शी हुनुपर्ने जनप्रतिनिधिकाे माग
Next articleराससको अवधी समाचार सेवाको नेपालगञ्जमा उद्घाटन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here