राससको अवधी समाचार सेवाको नेपालगञ्जमा उद्घाटन

नेपालगञ्ज । राष्ट्रिय समाचार समितिले शुरु गरेको अवधी भाषाको समाचार सेवाको नेपालगञ्जमा उद्घाटन गरिएको छ । आइतबार नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुखले सो सेवाको एक औपचारिक कार्यक्रममार्फत उद्घाटन गर्नुभएको हो ।

उद्घाटनमा बोल्दै नगर प्रमुख प्रशान्त बिष्टले भाषा भनेको सबैलाई जोडने माध्यम रहेको बताउनुभयो । उहाँले भाषाको ज्ञान भएन भने सबै समुदाय तथा क्षेत्रसंग नजिकिन गाह्रो हुने बताउनुभयो । भाषा भाषीको संरक्षण हुन सकेन भने बिस्तारै मातृभाषा लोभ हुने अवस्थामा पुग्ने भन्दै उहाँले जमिनसँग जोडिनका लागि भाषा भाषाीको कला, साहित्य र संस्कृतिको जोगाउन आवशयक रहेको बताउनुभयो ।

राष्ट्रिय समाचार समितिका अध्यक्ष धर्मेन्द्र झाँले मातृभाषा जनताको जिब्रोमा जोडिन नसकेको बताउनुभयो । राससले पहिलो पटक अवधी भाषामा शुरु गरिएको समाचार सेवाले समाजलाई जोडन सक्नुपर्नेमा बताउनुभयो । पहिलो पटक शुरु गरिएको भएपनि यसको चुनौती समेत थुपै रहेको बताउनुभयो ।

नेपालगञ्ज उपमहानगरपालिकासँगको सहकार्यमा अवधी भाषाको समाचार सेवा शुरु गरिएको राससका महाप्रबन्धक सिद्धराज राईले जानकारी दिनुभयो । उहाँले मातृभाषामा समाचार सम्प्रेषण गरेर राससले राज्यको समावेशी नीतिलाई प्रवद्र्धन गरेको बताउनुभयो । राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा एक सय २४ मातृभाषा रहेकाेमा मध्यपश्चिम तराईमा बोलिने अवधी भाषी कूल जनसंख्याको २ दशमलव ९६ प्रतिशत छन् ।

यसअघि राससले नेपाली र अङ्ग्रेजी भाषामा समाचार सम्प्रेषण गर्दै आएको थियो । अन्य मातृभाषामा समाचार सेवा सुरु गर्न सङ्घीय, प्रदेश र स्थानीय सरकारसँग छलफल अगाडि बढाइएको महाप्रबन्धक राईले जानकारी दिनुभयो ।

मातृभाषामा सञ्चालित सञ्चारमाध्यम समाचार सामग्रीको अभावमा सङ्कटग्रस्त बन्न पुगेका बेला राससद्वारा सञ्चालित मातृभाषाका समाचार सेवाबाट त्यस्ता सञ्चारमाध्यम लाभान्वित हुने उहाँको विश्वास छ । मातृभाषाको संवद्र्धन, संरक्षण र विकासमा पनि राससको उक्त सेवाले महत्वपूर्ण भूमिका निर्वाह गर्ने उहाँले बताउनुभयो ।

कार्यक्रममा पुर्व प्राज्ञ सनत रेग्मी, अवधी सांस्कृतिक प्रतिष्ठान नेपालका पूर्व अध्यक्ष एव अवधी भाषा बिज्ञ बिष्णुलाल कुम्हाल, अध्यक्ष रमेशचन्द्र कुमाल, नेपाल पत्रकार महासंघका पुर्व केन्द्रीय सदस्य झलक गैरै, वरिष्ठ कलाकार श्यामानन्द सिंह, अवधी पत्रकार संघका संस्थापक अध्यक्ष सूर्यलाल यादव, बाँके अध्यक्ष प्रहलाद बिश्वकर्मा, नेपाल टेलिभिजन कोहलपुर प्रमुख बिजय बर्मा, रासस प्रशासन प्रमुख सितल प्रसाद महतो लगायत बिभिन्न संचार संगठनका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा रासस नेपालगञ्जका प्रमुख युवराज पाण्डेले सहभागिलाई स्वागत गर्नुभएको थियो भने राससका संवाददाता राकेश कुमार मिश्रले कार्यक्रम संचालन गर्नुभएको थियो ।

Previous articleनमूना वडा निर्माणका लागि सरसफाई अभियान, फाेहाेर फाल्नेलाई दण्ड
Next articleशान्ति, सदभावका लागि सबैको सक्रियता आवश्यक : धर्मगुरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here