क्यान्सर जितेकालाई खजुरा क्यान्सर अस्पतालको सम्मान

खजुरा । बाँकेको खजुरामा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालले विश्व क्यान्सर दिवस-२०२४ विभिन्न कार्यक्रम गरी मनाएको छ ।

विश्व क्यान्सर दिवस प्रत्येक वर्ष ४ फरवरीका दिन मनाउने गरिन्छ । सो अवसरामा नेपालगञ्जको गणेशमान चोकदेखि धम्बोझी चोकसम्म क्यान्सर रोग सम्बन्धि जनचेतनामूलक प्रभातफेरी गरिएको थियो ।

यसै अवसरमा क्यान्सर अस्पतालको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्र खजुरा इकाई, बाँकेको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम गरिएको थियो ।

अस्पताल परिसरमा आयोजित कार्यक्रममा अस्पतालका निमित्त निर्देशक डा.प्रवीण गुप्ताले रक्त सञ्चार केन्द्र खजुरा इकाईका प्रमुख होमराज गिरीलाई रगत संकलन गर्ने पाकेट हस्तान्तरण गरी कार्यक्रमको उद्घाटन गर्नुभएको थियो ।

रक्त सञ्चार केन्द्र खजुरा इकाईका प्रमुख होमराज गिरीका अनुसार अस्पतालका कर्मचारी, सुरक्षा निकायका सुरक्षाकर्मी, बिद्यार्थीहरुले रक्तदान गरेका छन् ।

कार्यक्रममा बोल्दै क्यान्सर बालरोग बिशेषज्ञ डा.सुभाष माथेमाले वर्षमा २ हजार जति क्यान्सर रोग बिरामी भेटिएको र सोमध्ये ५० प्रतिशत रोग पत्ता लागेर उपचार गरेको बताउनुभयो ।

सोही अवसरमा क्यान्सर रोगबाट निको भएर घर गएका विभिन्न जिल्लाका १४ जना बिरामीलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

Previous articleबिदेश जाने मिथलेश गँड्यौला खेतीमा सम्भावना खोज्दै
Next articleनेपालगञ्ज उपमहानगरमा आज शाेक बिदा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here