उपमहानगरको अत्यावश्यक सेवा बाहेकको सेवा आज बन्द

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाको अत्यावश्यक सेवा बाहेकको सेवा आज बन्द गरिएको छ । उपमहानगरपालिकामा कार्यरत एक कर्मचारीको निधन भएको हुँदा आज (आइतबार) अत्यावश्यक सेवा बाहेकको सेवा बन्द गरिएको हो ।

उपमहानगरपालिकाले आइतबार बिहान एक सूचना जारी गर्दै सरसफाई शाखामा कार्यरत कुचिकार अनुप वाल्मिकीको असामयिक निधनप्रति समवेदना प्रकट गर्दै २३ वटै वडा कार्यालयबाट पदान गरिने सेवा एक दिनका लागि बन्द गरिएको जनाएको छ ।

उपचाररत कुचिकार वाल्मिकीको शनिबार असामयिक निधन भएको हो ।

Previous articleप्रजातन्त्र दिवसको अवसरमा निःशुल्क मृगौला जाँच शिविर
Next articleट्रेड युनियन काँग्रेस बाँकेले श्रमिक र जनप्रतिनिधिबीच अन्तरक्रिया गर्ने

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here