राष्ट्रिय महिला हक्की प्रतियोगिता : लुम्बिनीद्वारा बगमती पराजित

नेपालगञ्ज । मधेश प्रदेशको धनुषामा जारी प्रथम मदन भण्डारी राष्ट्रिय महिला हक्की प्रतियोगितामा लुम्बिनी प्रदेश नेपालगञ्जले आफ्नो पहिलो खेलमा बागमती प्रदेशलाई पराजित गरेको छ ।

धनुषाको क्षिरेश्वर नगरपालिकास्थित क्षिरेश्वर माबिको खेल मैदानमा फागुन १४ गतेदेखि शुरु भएको प्रतियोगिताको आफ्नो पहिलो खेलमा लुम्बिनी प्रदेश नेपालगञ्जले बागमती प्रदेशलाई ५–० गोल अन्तरले पराजित गरेको हो ।

दुई समूहमा बिभाजन गरिएको टिम अन्तर्गत समूह ‘ए’ मा कोशी, मधेश, मदन भण्डारी स्पोर्टस एकेडमी र त्रिभुवन आर्मी क्लब तथा समूह ‘बि’ मा बागमती, लुम्बिनी, गण्डकी र सुदूरपश्चिम प्रदेश रहेका छन् ।

प्रतियोगितामा पहिलो दिनको दोस्रो खेलमा लुम्बिनीले बागमतीलाई हराएको हो । प्रतिस्पर्धामा होमिएको लुम्बिनी प्रदेश नेपालगञ्ज टिममा सहभागि सबै खेलाडी नेपालगञ्जका हुन । टिममा नेपालगञ्जको सरस्वती र मंगल प्रसाद माध्यमिक बिद्यालयका खेलाडीहरु सहभागि रहेको मंगलका खेल प्रशिक्षक इन्द्रसिंह डाँगीले जानकारी दिनुभयो ।

उहाँका अनुसार टिमका आठ जना खेलाडी मंगल माबिका छन् । उहाँले खेलमा छात्राहरुको कडा मेहनत देखिएको बताउनुभयो । बिद्यालयले खेलका लागि तयार गरेको वातावरणले खेलाडीहरु खेलप्रति उत्साहित भएकाले अब्बल खेलाडी निर्माणमा सहयोग पुगेको प्रशिक्षक डाँगीले बताउनुभयो ।

खेल तालिका अनुसार प्रतियोगितामा लुम्बिनी प्रदेश नेपालगञ्जले दोस्रो खेलमा गण्डकी प्रदेश र तेस्रो खेलमा सुदूरपश्चिम प्रदेशसँग प्रतिस्पर्धा गर्ने भएको छ । मदन भण्डारी स्पोर्टस एकेडमीको आयोजनामा शुरु भएको प्रतियोगिता फागुन १९ गतेसम्म चल्नेछ ।

Previous articleमानव बेचबिखन नियन्त्रण गर्न अन्तरदेशीय सहकार्यमा जोड
Next articleसहकारीलाई कोपोमिस सम्बन्धि तीन दिने तालिम प्रदान

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here