
नेपालगञ्ज । बैदेशिक रोजगारीमा मलेसिया गएका बर्दियाका टोप बहादुर वलीलाई उद्धारका लागि परिवारले सहयोगको अपिल गरेको छ ।
प्रेसरले बिरामी बनाएपछि अस्पतालमा उपचाररत वलीको आर्थिक अवस्था नाजुक भएकाले उद्धारका लागि पहल तथा सहयोग गरिदिन वलीकी श्रीमती नन्दा वलीले अपिल गर्नुभएको हो ।
‘दश वर्ष अघि मलेसिया गएका श्रीमान वली लामो समयसम्म सम्पर्क बिहिन भएपनि बीचमा सम्पर्कमा आउनुभएको थियो,’ श्रीमती नन्दाले भन्नुभयो, ‘कामको भिषा सकिएपछि गैरकानूनी रुपमा अन्यत्र काम गरिरहनु भएको थियो ।’
३ छोरी भएका वली प्रेसरले बिगत ९ दिनदेखि त्यहाँ उपचाररत रहेको श्रीमती नन्दाले जानकारी दिनुभयो । आर्थिक अवस्था कमजोर भएकाले सरकारले झिाकाईदिन आग्रह गर्नुभयो । साथै उद्धारका लागि आवशयक रकम सहयोगका लागि समेत उहाँले अनुरोध गर्नुभएको छ ।





