ग्रेस पब्लिक स्कुलको १४औं स्थापना दिवसमा भब्य कार्यक्रम

नेपालगञ्ज । नेपालगञ्जस्थित ग्रेस पब्लिक स्कुलले आफ्नो १४ औं वार्षिकोत्सब विभिन्न कार्यक्रम गरी मनाएको छ ।

कार्यक्रममा प्रमुख अतिथि नेपालगञ्ज ४ का वडाअध्यक्ष गोपाल पुनले स्कुलको प्रशंसा गर्दै कसरी माथि लैजान सकिन्छ तेता लान आग्रह गर्नुभएको थियो । स्कुलले दक्ष विद्यार्थी उत्पादन गर्नु, गुणस्तरीय शिक्षा दिन सक्नु, विद्यार्थीहरुलाई संस्कारी बनाउनु र जेहेन्दार विद्यार्थीलाई छात्राबृति दिएर स्कुललाई राम्रो बनाउनेमा जोड दिनुभयो ।

कार्यक्रमका सभापति धर्मराज न्यौपानेले आफ्नो स्थापना दिवसमा हाम्रो स्कुलले आज १४औं वार्षिकोत्सब मनाउन पाउनु खुसिको क्षण भएको उल्लेख गर्नुभयो । स्कुलको नियमित शिक्षासँगै अतिरिक्त क्रियाकलापहरु नृत्य, खेलकुद लगायतका कार्यक्रममामार्फत नमूना स्कुल बनाउन सकिने बताउनुभयो ।

धर्मराज न्यौपानेको सभापतिमा सम्पन्न कार्यक्रममा वडाअध्यक्ष मगर, अतिथि ओस्कर थापा मगर, रेशम जोशी, दुर्गा बहादुर क्षेत्री, ज्ञानु चौधरी, निशा पोखरेल रेग्मी, नृप खनाल, शिशिर नारायण श्रेष्ठ, खुमलाल शर्मा, नेत्र कार्की, लोकराज देवकोटा लगायतको उपस्थिति रहेको थियो ।

विद्यालयले आफ्नो १४ औं वार्षिकोत्सवमा अनुशासित विद्यार्थी, राम्रो पढाईमा दखल राख्ने, कक्षाका उत्कृष्ट विद्यार्थी, नृत्य र चित्रकला प्रस्तुत गर्ने विद्यार्थीहरुलाई पुरस्कार तथा मेडल प्रदान गरिएको थियो ।

Previous articleपशुपन्छीका लागि योजना तथा नीतिबारे अन्तरक्रिया
Next articleविश्व मृगौला दिवस : नेपालगञ्जमा प्रभातफेरी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here