क्षयरोगी पहिचान गर्न खजुरा-३ मा विविध योजना निर्माण

खजुरा । बाँकेको खजुरा गाउँपालिका वडा नं-३ मा क्षयरोग रोगी पहिचान गर्न विभिन्न कार्यक्रमहरु गर्ने योजना बनाइएको छ । प्राथमिक स्वास्थ्य केन्द्र खजुरामा बसेको सरोकारवालाबीचको बैठकले समुदायमा लुकेर रहेको क्षयरोगी पहिचानका लागि विभिन्न कार्यक्रम गर्न योजना बनाइएको हो ।

चालु आर्थिक वर्षको हालसम्म मात्रै स्वास्थ्य केन्द्रमा १८ जना क्षयरोगीको उपचार भइरहेको छ । समुदायमा लुकेर रहेका रोगीहरुको पहिचानका लागि योजना तर्जुमा गरिएको स्वास्थ्य केन्द्रका प्रमुख जनस्वास्थ्य निरीक्षक अर्जुन सुनारले जानकारी दिनुभयो ।

समुदायमा अलि बढी नै रहेको आशंकाका आधारमा योजनाहरु निर्माण गरिएको प्रमुख सुनारले बताउनुभयो । विद्यालयमा अभिमुखिकरण, नीजी विद्यालयहरुमा समेत अभियान संचालन गर्ने, संकास्पद ठाउँहरुमा शिविर संचालन गर्ने, आमा तथा महिला समूहहरुमा छलफल गर्ने योजनाहरु निर्माण गरिएका छन् ।

स्वास्थ्य केन्द्र व्यवस्थापन समितिका अध्यक्ष पूर्ण बहादुर भण्डारीको अध्यक्षतामा बसेको योजना तर्जुमा बैठकमा खजुरा गाउँपालिका स्वास्थ्य शाखा दिपक ढकाल, सामदुदायीक तथा नीजी विद्यालयका संचालक र प्रअ, स्वास्थ्य स्वयंसेविका र टोल सुधार समितिका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

Previous articleनेपाल-भारतका जिल्ला प्रमुखबीच बैठक, सुरक्षा व्यवस्थापन मुख्य एजेन्डा
Next articleएमाले नेपालगञ्ज नगर अध्यक्षमा युवा नेता शाहको चर्चा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here