
नेपालगञ्ज । लुम्बिनी प्रदेशको बाँकेमा यतिबेला नेकपा एमालेको वडादेखि पालिका हुँदै जिल्ला अधिवेशन जोडतोडका साथ चलिरहेको छ । कतिपय वडा, पालिका तहको भेला तथा त्यहाँबाट नगर तथा गाउँपालिका तहमा नेता छनोटका लागि प्रतिनिधी छान्ने काम भइ पनि सकेको छ ।
यता नेपालगञ्ज उपमहनागरपालिकाको नगर अध्यक्षका लागि भने नेताबीच घम्साघम्सी देखिएको छ । जसमा अखिलको राजनीतिबाट उदाउनुभएका नेपालगञ्ज नगर कमिटीका वर्तमान सचिव मोहित शाह अग्रपंक्तिमा देखिनुभएको छ ।
हुन लागेको एमाले नगर अधिवेशनमा मोहितको प्रतिस्पर्धी अरु कोही देखिदैनन् र उहाँ एमालेको एकल इमान्दार नेता समेत हुनुहुन्छ । यसका साथै अन्य केही नेताहरु समेत आकांक्षी देखिएका छन् ।
नगर अध्यक्षमा मोहितसँग् भिडन उषा थापा, मिन मल्ल, भास्कर काफ्ले, भिम कडेल लागि परेको सुनिएको छ । यद्दपी शाह भने यसअिघदेखि नै अध्यक्षको उममेदवारका रुपमा आफुलाई सार्वजनिक गर्दै आउनुभएको छ ।
विद्यार्थी राजनीतिबाट आउनुभएका मोहित नगर सचिव भैरहँदा जिल्लामा एमालेले केन्द्र प्रदेश र जिल्ला तथा नगरले आयोजना गरेका सबै कार्यक्रमा उत्तिकै सहभागि हुने सक्रिय युवा हुनुहुन्छ ।
एमालेले चलाएको ग्रास रुटका क्रममा पनि उहाँले नगर क्षेत्रका मात्रै नभई जिल्लाभरकै बस्ती, टोल वडामा पुगेर नागरिकको भावना बुझने र उनीहरुका समस्या समाधानमा अग्रपंक्तिमा उभिदै लागि पर्नुहुन्छ ।
बाँकेमा हुने एमालेका हरेक कार्यक्रममा अग्रंपक्तिमा देखिने कुशल, इमान्दार राजनीति संस्कार बोकेका सहयोगी युवा शाहलाई नै नेपालगञ्ज नगर अध्यक्ष बनाउनुपर्ने कार्यकर्ता तथा अन्य दलका शुभचिन्तकहरुको भनाई छ ।





