राष्ट्र बैंकको वार्षिकोत्सवमा ४३ जनाद्वारा रक्तदान

नेपालगञ्ज । नेपाल राष्ट्र बैंकको ६९औं वार्षिकोत्सवको अवसरमा नेपालगञ्जमा रक्तदान गरिएको छ । शनिबार नेपालगञ्जमा भएको कार्यक्रममा ४३ जनाले रक्तदान गरेका छन् ।

राष्ट्र बैंक नेपालगञ्ज शाखाका उप-निर्देशक रामकुमार कार्कीले प्रादेशिक रक्त सञ्चार सेवा केन्द्र नेपालगञ्जका प्राविधिक राजेन्द्र महतरालाई रगत संकलन गर्ने पाकेट हस्तान्तरण गरी कार्यक्रमको शुभारम्भ गरिएको थियो ।

बैंक नेपालगञ्ज शाखाका सहायक निर्देशक किरण दिक्षितको संयोजकत्वमा भएको कार्यक्रममा रक्तदाताहरुलाई प्रमाण-पत्र बितरण गरिएको थियो ।

कार्यक्रममा बैंक नेपालगञ्ज शाखाका निर्देशक देवेन्द्र गौतम, भलिवल कार्यक्रम संयोजक बिष्णु बहादुर के.सी लगायत कर्मचारीको सहभागितामा रहेको थियो ।

प्रादेशिक रक्त सञ्चार सेवा केन्द्र नेपालगञ्जका प्राविधिक महतारा, होमराज गिरी, महेश रानाक्षेत्री, महेश दहित, केशर सिंह डाँगी र बीरेन्द्र योगीले कार्यक्रममा सहयोग गर्नुभएको थियो ।

Previous articleएमाले नेपालगञ्ज नगर अध्यक्षमा युवा नेता शाहको चर्चा
Next articleसस्तो शुल्कमा पौडी खेल्न जान चाहनु हुन्छ ?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here