बाँकेका बिभिन्न नाकाबाट एकैदिन ६ लाख बढीको सामान बरामद

नेपालगञ्ज । सशस्त्र प्रहरीले बाँकेमा एकैदिन ६ लाख बढी मूल्य बराबरको अवैध रुपमा भन्सार छलीको सामान गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नं.३० गण हेडक्वाटर बागेश्वरी बाँकेबाट खटिएको टोलीले बाँकेका विभिन्न स्थानबाट करिब ६ लाख २४ हजार ३ सय ४० रुपैया वरावरको सामान भारतबाट अबैध रुपमा भन्सार छली नेपालतर्फ ल्याउँदै गर्दा बरामद गरी आईतबार भन्सार कार्यालय नेपालगञ्जमा बुझाएको हो ।

सशस्त्र प्रहरी बल नं.३० गणका अनुसार त्यस कार्यालयबाट खटिएको टोलीले २ लाख ३४ हजार ४ सय ९० रुपैया बराबरको लत्ताकपडा, पेय पदार्थ, तथा किराना सामान, एक लाख ५० हजार मूल्य बराबरको सुर्ती एक सय थान कि प्याड मोवाईल सेट र ७९ हजार ५ सय बराबरको हरियो तरकारी पिप्रहवा क्षेत्रबाट बरामद गरेको हो ।

यसैगरी जमुनाहा नाकाबाट ४२ हजार ७ सय र विओपी कालावन्जर ईलाकाबाट १७ हजार १ सय बराबरको लत्ताकपडा, सकराना सामान र हरियो तरकारी बरामद भएको डाँगीले बताउनुभयो । विलविजका शंकास्पद रहेको आशंकामा मालवाहक टाटा योद्धा पिकप गाडी सहित चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको लागि राजश्व अनुसन्धान कार्यालय कोहलपरमा बुझाईएकोमा ९५ हजार १ सय ५० रुपैया जरिवाना गरि छाडिएको सशस्त्र प्रहरीले जनाएको छ ।

यस्तै अन्दाजी ५ हजार बराबरका प्रतिवनिधत बेईलर कुखुराका चल्ला एक सय वटा र त्यो सँगै एक क्यारेट अण्डा पनि बरामद गरि नेपालगञ्ज पशु क्वारेन्टाईन चेकपोष्ट जमुनाहामा बुझाई नष्ट गरिसकेको सशस्त्र प्रहरी बल नं.३० गणले जानकारी दिएको छ । शनिबार एकै दिन बरामद गरिएको अवैध सामानहरु आईतबार आबश्यक कारबाहीका लागि नेपालगन्ज भन्सार कार्यालय बुझाएको छ ।

Previous articleराप्ती सोनारीको नागरिक सन्तुष्टि सर्वेक्षणको नतिजा सार्वजनिक
Next articleविद्यालयमा सिकाईमैत्री वातावरण सृजनाका लागि अभिमुखकिरण

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here