विद्यालयमा सिकाईमैत्री वातावरण सृजनाका लागि अभिमुखकिरण

ठाकुरद्वारा, बर्दिया । बर्दियाको मधुवन, बारबर्दिया, ठाकुरबाबा नगरपालिकाका र गेरुवा गाउँपालिकाका शिक्षासँग सरोकार राख्नेहरुलाई सकारात्मक सिकाई वातावरण निर्माण सम्बन्धि दुई दिने अभिमुखिकरण प्रदान गरिएको छ ।

प्लान ईन्टरनेशनल नेपालको आर्थिक सहयोगमा भेरी वातावरणीय विशिष्टता समुह (बी-ग्रुप)मार्फत परियोजना संचालित विद्यालयका शिक्षक, बिद्यालय व्यस्थापन समितीका पदाधिकारी, सम्पर्क (फोकल) शिक्षकहरुका लागि सकारात्मक सिकाइ वातावरण सिर्जना गर्न दुई दिने अभिमुखिकरण प्रदान गरिएको हो ।

अभिमुखिकरणमा सकारात्मक सोच, खुसीका लागि शिक्षा, सकारात्मक सोच र आत्म व्यवस्थापन र प्रसंशात्मक खोजी विधिको चर्चा, विद्यालयको प्रभावकारी नेतृत्व ब्यवस्थापन, शिक्षक, अभिभावक र विद्यार्थीहरुको आचारसंहिता र किशोरावस्थाका परिवर्तन र विशेषताहरु साथै सुरक्षित बिद्यालयको अबधारण बारेमा प्रशिक्षक बखत बहादुर भण्डारीले सहजिकरण गर्नुभएको थियो ।

आफनो नीजि जिवन र शिक्षण पेशामा सकारात्मक सोचाई गर्नमा थप टेवा पुग्ने र सृजनात्मक ब्यवहार गर्न अभिप्रेरित हुने, बाल विवाह विरुद्ध अभियानमार्फत बिद्यालय स्तरमा समावेशी तथा सिकाइ बातावरणका लागि बिभिन्न कृयाकलापमार्फत संस्थाले काम गरिरहेको छ ।

परियोजना संचालन पश्चात परियोजना बिद्यालयमा सुरक्षित तथा भएरहित सिकाइ बातावरणका लागि गुनासो सुनवाई सयन्त्र कृयाशिल बनाउने बिद्यालयमा आचारसंहिता निर्माण गर्ने सबै बिद्यालय र कक्षाकोठामा सकारात्मक र विभेदरहित सिकाई वातावरण निर्माण गर्ने प्रयास समन्वय तथा सहकार्य गर्ने तथा सिकाइ वातावरण बिद्यालय मात्र घरमा पनि सिकाइ बातावरण बनाउन सबै सरोकारवाला पक्षबाट पैरवी गर्ने कुरामा सहभागिहरुले जोड दिएका छन् ।

बी–ग्रुपद्धारा संचालन गरेको बाल विवाह न्युनीकरण परियोजनाको उद्धेश्य विद्यालयहरुमा छात्राहरुको निरन्तरताका लागि सहकार्य गर्ने, किशोर किशोरीहरुमा यौन तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धि ज्ञान प्रदान गर्न सहयोग गर्ने, युवा विशेष गरि किशोरी तथा युवा महिलाहरुलाई आर्थिक रुपमा सशक्तिकरण गर्नका लागि सहयोग तथा सहकार्य गर्ने, परम्परागत हानिकारक अभ्यासहरुबाट समाजमा भएका विभेदकारी मुल्य मान्यताहरुलाई परिवर्तन गर्न सहकार्य गर्ने र बाल संरक्षण तथा युवा सहभागिता सम्बन्धि नीतिगत ब्यवस्था सुदृढ गरि बाल विवाह, छिटो विवाह र दवावमा हुने विवाहलाई न्युनीकरण गर्न समन्वय तथा सहजीकरण गर्ने रहेको परियोजनाका प्राविधिक संयोजक लक्ष्मी प्रसाद शर्माले बताउनुभयो ।

Previous articleबाँकेका बिभिन्न नाकाबाट एकैदिन ६ लाख बढीको सामान बरामद
Next articleनेपालगञ्जको एक औषधी पसल सिल

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here