
नेपालगञ्ज । अष्टम साना किसान कृषि सहकारी लिमिटेड मुख्य कार्यालय बाँकेको कार्यक्रममा १ सय ४ जनाले रक्तदान गरेका छन् । अष्टम एकीकरण दिवसको अवसरमा राप्ती सोनारी गाउँपालिका वार्ड नं-८ शमशेरगञ्जको महादेवपुरीमा आयोजित कार्यक्रममा सो संख्यामा व्यक्तिहरुले रक्तदान गरेका हुन् ।
सहकारी लिमिटेड मुख्य कार्यालयका प्रबन्धक हरिश केसीले कोहलपुर रक्त सञ्चार इकाई केन्द्रका प्रमुख राजेन्द्र महतरालाई रगत संकलन गर्ने पाकेट हस्तान्तरण गरेर कार्यक्रम शुरु भएको थियो । कार्यक्रममा ४६ जना महिलाले पनि रक्तदान गरेका छन् ।
कार्यक्रममा सहकारी लिमिटेड मुख्य कार्यालयका अध्यक्ष देव बहादुर ओली, महादेवपुरी सेवा केन्द्रका अध्यक्ष बीर बहादुर थापा, सीतापुर सेवा केन्द्र प्रबन्धक लक्ष्मी राना क्षेत्री, बिनौना सेवा केन्द्रका गीता पुन, खजुरा सेवा केन्द्रका अरुण खडका, बनकटवा सेवा केन्द्रका निर्मला महतरा, रनियापुर सेवा केन्द्रका हरेन्द्र बहादुर राई, टिटिहिरिया सेवा केन्द्रका दिलमाया चौधरी, नेपाल स्वयंसेवी रक्तदाता समाज बाँकेका सल्लाहकार पवन जायसवाल, कर्मचारी लगायतको उपस्थिति रहेको थियो ।





