सबै वडाबासीहरु सचेत भएमा मात्र वडा समृद्ध हुन्छ : अध्यक्ष श्रेष्ठ

नेपालगञ्ज । वडाबासीहरु सचेत र सजग भएमा मात्रै समृद्ध वडा हुने नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष मनोज कुरमा श्रेष्ठले बताउनुभएको छ ।

नेपालगञ्ज उपमहानगरपालिका २ नम्बर वडाको सहयोग तथा नाईस नेपालगञ्जको आयोजनामा आइतबार भएको एक दिने क्षमता अभिबृद्धी तालिम कार्यक्रममा बोल्दै अध्यक्ष श्रेष्ठले यस्तो बताउनुभएको हो ।

वडाबासीहरुको आवश्यकता अनुसार वडाले काम गरिरहेको उहाँले बताउनुभयो । क्षमता अभिबृद्धि र सचेतनाले हरेक ब्यक्तिलाई अगाडी बढ्न हौसला प्रदान गर्ने भएकाले लक्षित वर्ग उत्थान कार्यक्रम अन्तर्गत दलित समुदायलाई लक्षित गरेर तालिमको योजना गरिएको उहाँको भनाई थियो ।

उहाँले तालिमबाट सिकेको कुरालाई ब्यवहारमा लागु गर्न सहभागिलाई अनुरोध समेत गर्नुभयो । कार्यक्रममा बोल्दै वडा सचिब गौरी कुमारी शाहीले एक दिने क्षमता अभिबृद्धि तालिमले सहभागिहरुलाई हौसलासँगै आगाडी बढ्न उत्प्रेरणा थप्ने विश्वास ब्यक्त गर्नुभयो ।

तालिममा वडा नम्बर २ का दलित महिला सदस्य तुल्सा देवी परियारले तालिम नयाँ र हरेक ब्यक्तिलाई काम लाग्ने बिषयमा भएकाले सिकेको शिपलाई प्रयोगमा ल्याउन सहभागिलाई अनुरोध गर्नुभयो ।

वडा कार्यालयको हलमा भएको तालिममा दलित अधिकार तथा जातीय भेदभावबिरुद्ध कानुनी ब्यवस्थाका बिषयमा अधिवक्ता विश्वजित तिवारी र स्थानीय योजना तर्जुमा प्रक्रियाका बिषयमा हेमराज भट्टले सहजिकरण गर्नुभएको थियो । तालिममा वडाका विभिन्न समुदायका ३५ जनाको सहभागिता रहेको थियो ।

Previous articleनेपालगञ्जमा चार उद्योगलाई कारबाही, एक लाख ९० हजार जरिवाना असुल
Next articleरुपैडिहामा होल्ड भएका तीन हजार बढी नेपालीलाई नेपालतर्फ ल्याइयो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here