साहू समाजको अध्यक्षमा पुनः हंशराम निर्वाचित

नेपालगञ्ज । जिल्लाका विभिन्न पालिकामा रहेका साहूहरुको समाज साहू समाज समिति नेपालगञ्जको वार्षिक साधारणसभा तथा अभिवेशनको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि नेपालगञ्ज उप–महानगरपालिकाका मेयर प्रशान्त विष्टले भन्नुभयो ‘समाजमा रहने विभिन्न व्यक्तिहरुको सामाजिक विकासमा निकै ठूलो महत्व राख्ने गठित समाजहरुको नेतृत्व चयनमा होस अथाव अन्य विषयमा छलफल गर्दा राजनीति विषय हावी हुनु हुदैन, जसले समाजको आफ्नो गरिमा घट्ने तथा कमजोर बन्ने हुन्छ ।’

साहू समाज समिति बाँकेका अध्यक्ष हंशराम साहूको अध्यक्षतामा, नेपालगञ्ज उप–महानगरपालिकाका मेयर विष्टको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । साहू समाज समितिका सह–सचिव प्रदीप साहद्वारा सञ्चालित कार्यक्रममा साहू समाज समितिका सदस्य तथा मिथिला सेवा समाजका अध्यक्ष राम लोचन साहले साहू समाज समितिले हालसम्म गर्दै आएका कामका बारेमा प्रकाश पार्नुभएको थियो ।

यसरी बिशिष्ट अतिथि तथा समाजसेवी माधवराम वर्माले साहू समाजले सामाजिक स्तरमा समेत विभिन्न कार्यक्रम गर्दै आएको बताउँदै भन्नुभयो, ‘व्यक्तिगत रुपमा भन्दा पनि साहू समाजले नेपालगञ्जको समाजलाई केही दिने उदेश्यका साथ आफ्नै भवन तथा मन्दिरहरु निर्माण गर्दै आएको हुदाँ सामाजिक भूमिका राम्रो देखेको छु’ ।

यसैगरी समितिका सदस्य हरिश साहूले साहू समाजमा युवा तथा महिला समाज समिति समेत रहेको हुदाँ महिला तथा युवाहरुको भूमिकालाई राज्य स्तरबाट समेत हेर्नु पर्ने बताउनुभएको थियो । कार्यक्रममा समितिका सदस्य प्रहलाद (प्रेमलाल) साहूले स्वागत मन्तव्य राख्नुभएको थियो । वार्षिक साधारणसभा तथा अभिवेशनले नवौं पटक सर्वसम्मतले हंशराम साहू पुनः अध्यक्ष पदमा निर्वाचित गरेको छ ।

समाजका कानूनी सल्लाहकार तथा निर्वाचन अधिकृत अधिवक्ता रामनाथ साहूका अनुसार ११ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएको छ । उपाध्यक्षमा मोतीलाल साहु, सचिवमा प्रदीप साहु, सह–सचिवमा संमुखिया साहु र कोषाध्यक्षमा रामदीन साहु (पेशकार) निर्वाचित हुनुभयो । यसैगरी समाजको कार्यसमिति सदस्यहरुमा प्रहलाद साहू (प्रेमलाल), शंकर शाह, राजेन्द्र साहु, कन्धई लाल साहू, रामजानकी साहू र राजकुमारी साहू सर्वसम्मतले निर्वाचित हुनुभएको हो ।

सो कार्यक्रममा निर्वाचित पदाधिकारीहरुलाई समाजका कानूनी सल्लाहकार तथा निर्वाचन अधिकृत (अधिवक्ता)साहूले शपथ ग्रहण गराउँदै खादा सहित प्रमाण–पत्र बितरण गर्नुभएको थियो ।समाजका अध्यक्ष हंशरामले निर्वाचन अधिकृत (अधिवक्ता) रामनाथ, निर्वाचन समितिका सदस्य समाजसेवी वर्मा र पवन जायसवाललाई खादा ओढाएर प्रमाण–पत्र बितरण गर्नुभएको थियो ।

Previous articleजंगललाई हकभोगको जग्गा बनाउने आठ जनाबिरुद्ध भ्रष्टाचार मद्दा
Next articleमहालक्ष्मी विकास बैंक ३० औँ वर्षमा प्रवेश

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here