
नेपालगञ्ज । शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुबाट बैकिङ्ग सेवा प्रदान गर्दै आइरहेको महालक्ष्मी विकास बैंकले ३० औं वर्षमा प्रवेश गरेको छ । सो अवसरमा बैंकले वित्तीय साक्षरता ¥याली तथा आफ्ना ५ वटा शाखाहरुका कर्मचारीहरुले सहभागिता विभिन्न कार्यक्रम गरेको छ ।
जेठ ७ गते आफ्नो स्थापनाको २९ वर्ष पार गर्दै ३० ओं वर्षमा प्रवेश गरेको हो । यस अवसरमा बैंकले आफ्ना सेयरधनीहरु, ग्राहकवर्ग, नियामक निकाय एवं शुभचिन्तकहरु प्रति हार्दिक कृतज्ञता व्यक्त गरेको छ ।
प्रादेशिक कार्यालयको अगुवाई तथा शाखा कार्यालयका कर्मचारीहरुको सहभागितामा वित्तीय साक्षरता कार्यक्रम गरेको थियो । कार्यक्रममा बैंकिङ्ग सेवाहरुः जस्तै मोवाईल बैंकिङ्ग, स्मार्ट क्युआर, निक्षेप, कर्जा, विप्रेषण आदिसँग सम्बन्धित प्लेकार्डहरुको बारेमा जानकारी गराइएको थियो ।
वार्षिकोत्सवको अवसरमा बैंकले वित्तीय साक्षरता ¥यालीमा आफ्ना ५ वटा शाखाहरु राजापुर, बाँसगढी, कोहलपुर, लमही र नेपालगञ्ज शाखाका कर्मचारीहरु एवं नेपालगञ्ज सुर्जिगाउँमा रहेको बैंकको लुम्बिनी प्रदेश “ख” प्रदेश कार्यालय प्रमुखसहितको सहभागिता रहेको थियो ।
उक्त ¥याली प्रदेशिक कार्यालय सुर्जिगाउँ चोकदेखि शुरु भई पुष्पलाल चौक, धम्बोझी हुँदै बागेश्वरी मन्दिरमा पुगेर समापन भएको थियो । समापनमा प्रदेश कार्यालय प्रमुख खगेन्द्र बहादुर साउदले सम्बोधन गर्नुभएको थियो ।
“सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै विगत ३० वर्षदेखि अनवरत रुपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको बैंकको देशभर १०३ वटा शाखा कार्यालयहरु र ७ लाख भन्दा बढी ग्राहकहरु रहेका छन् ।





